२०७८ माघ ६, बिहीबार
January 20, 2022, Thursday

राष्ट्रपतिद्वारा संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका लागि आह्वान

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका लागि आह्वान गरेकी छन्। राष्ट्रति भण्डारीले सरकारको सिफारिसमा बिहीबार साँझ यस्तो आह्वान गरेकी हुन्।

भण्डारीले प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएकी छन्।

उनले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी हुन्।  केपी शर्मा ओली संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेताको हैसियतमा  वैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। 

ओलीले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम तीस दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेमा हाल विकसित राजनीतिक परिस्थितिमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिमको मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको सिफारिस राष्ट्रपतिसँग गरेपछि नयाँ सरकारका लागि आह्वान भएको हो।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ, ‘वैशाख २७ भन्दा स्थितिमा तात्त्विक अन्तर नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएको हुँदा वैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गर्न उपयुक्त देखिएकाले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रकृया आरम्भ गर्न मन्त्रिपरिषबाट सिफारिस भएको छ।’ 

Related News

कञ्चनपुरमा होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा
कञ्चनपुरमा होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा
  • २०७८ जेष्ठ ६

कञ्चनपुर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। गत वैशाख...

३८.३५ अंकले घट्यो नेप्से परिसूचक
३८.३५ अंकले घट्यो नेप्से परिसूचक
  • २०७८ जेष्ठ ६

काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार...

सुदुरपश्चिममा बुधबार थप ४७७ जनामा कोरोना संक्रमण पुष्टी
सुदुरपश्चिममा बुधबार थप ४७७ जनामा कोरोना संक्रमण पुष्टी
  • २०७८ जेष्ठ ६

डोटी – सुदूरपश्चिम प्रदेशमा बुधबार ४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एक हजार...

TOP