काठमाडौं। प्रधानमन्त्रीको शपथ विरुद्धको रिट प्रधानन्यायाधीशको बेञ्चमा राष्ट्रपति बिद्यादेवी भन्डारी बाट प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनियताको सपथ त्रुटिपुर्ण भएको भन्दै पुनः शपथ गराउन माग गरिएको रिटमा मंगलबार सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा उक्त रिटमाथि सुनुवाइ हुदैछ। बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसी, सन्तोष भन्डारीले प्रधानमन्त्रीले लिएको शपथ त्रुटीपूर्ण रहेको भन्दै रिट हालेका थिए ।
प्रधानमन्त्रीले शपथ लिदा राष्ट्रपतिले उच्चारण गर्न आग्रह गरेको ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द ‘त्यो पर्दैन’ भनेर उच्चारण गर्न इन्कार गरेका थिए ।
निवेदक कानुन ब्यबसायीहरुले नेपालको संविधानको धारा–८० अनुसार शपथ बदर गरि पुन: शपथ गराउन माग गरेका छन् ।
दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...