२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

सांसदका लागि ओलीको ट्विट : “प्रधानमन्त्रीको पक्षमा मतदान गर्नुस् ।”

काठमाडौं – प्रधानमन्त्री एवम् नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पक्षमा मतदान गर्न पार्टीका सांसदहरूलाई आग्रह गरेका छन्।

ट्विट गर्दै प्रधानमन्त्रीले भनेका छन्, ‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दै छ। त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ।’

यस्तै उनले आन्तरिक मतभेद् वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने पनि बताएका छन्। 

उनले भनेका छन्, ‘हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं।’

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७८ बैशाख २७

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP