काठमाडौं – खनाल-नेपाल पक्षीय सांसदको बैठक सिंहदरवारमा सुरु भएको छ । संसद सचिवालयको कोठा नम्बर ४११ मा सांसदबीच छलफल भइरहेको छ । छलफलमा झण्डै २ दर्जन भन्दा बढी निर्वाचित सांसदको उपस्थिति रहेको छ ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएपछि माधव नेपाल पक्षका एमाले सांसदहरु सिंहदरवारमा भेला भएका हुन्। सिंहदरवार पुगेका नेपाल पक्षीय सांसद झपट रावलले केपी ओलीको दम्भका कारण पार्टी एकताका सम्पूर्ण प्रयास असफल भएको बताए । सांसदहरुले अहिले छलफल गरेर राजीनामा दिने बताइएको छ ।
ओलीले कुनै रेस्पोन्स नगरेकाले अब आफूहरूले बैठक बसेर सामूहिक राजीनामा दिने नेपाल पक्षीय सांसद मेटमणि चौधरीले जानकारी दिए।
‘खै, उताबाट अहिलेसम्म केही रेस्पोन्स आएन। अब हामी बैठक बस्दैछौं। सामूहिक राजीनामाको बाटोतिर जान्छौं होला,’ सांसद चौधरीले भने।
काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष...