२०८० मंसिर १९, मंगलवार
December 5, 2023, Tuesday

देउवा भेट्न प्रधानमन्त्री ओली दलबलसहित बूढानीलकण्ठमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बूढानीलकण्ठ पुगेका छन् । एमाले समेत अध्यक्ष समेत रहेका ओली दलबलसहित देउवासँग भेटवार्ता गर्न बुढानीलकण्ठ पुगेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई लिएर देउवा निवास पुगेका ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने बताइएको छ ।

मंगलबार साँझ काँग्रेस देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो ।

चार नेताहरु ओली इत्तर मोर्चाबन्दी निर्माणमा कसिएपछि बुधबार प्रधानमन्त्री भएपछि ओली पहिलो पटक निवास पुगेका हुन् ।

ओली भेटवार्ताका लागि देउवा निवासमै पुगेको बुझिएको छ । बैशाख २७ गते विश्वासको मत लिने निर्णयमा पुगेका ओली चार नेताको छलफलबाट झस्किएको पाइन्छ ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७८ बैशाख २२

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP