२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

कांग्रेसले बिश्वासको मत लिने ओलीको कदमलाइ असफल बनाउने

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभामा विश्वासको मत लिने प्रधानमन्त्रीको कदमलाइ संसदमा असफल बनाउने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवासमा मंगलवार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट असफल बनाउने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाश शरण महतले बताए ।

बैठकले यसका लागि माओवादी लगायत सबै दलसँग छलफलका गर्ने निर्णय पनि गरेको छ । बैठकपछि संचारकर्मीहरु सँग कुरा गर्दै  महतले प्रधानमन्त्रीले बिश्वासको मत लिनका लागि मात्र प्रतिनिधि सभाको बैठक बोलाएकोमा पनि बिरोध जनाए ।

कांग्रेसले मंगलवार राष्ट्रपतिबाट जारी भएका संवैधानिक परिषद् लगायतका ७ वटा अध्यादेश ल्याउने सरकारको कामको समेत भर्त्सना गरेको छ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ बैशाख २१

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP