२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

सरकारसँग कांग्रेसको माग: ग्रामिण क्षेत्रमा पनि कोभिड परिक्षण र उचारको ब्यबस्था गर

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारसँग शहर केन्द्रित मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि कोभिड परीक्षण, कन्ट्राक्ट ट्रेसिङ र औषधोपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलनको आयोजना गरी कोरोना महामारीको प्रकोप नेपालमा पनि तिव्र रुपमा फैलिरहेकाले सरकारलाई यसप्रति संवेदनशील बन्न आग्रह गरेका छन् ।

उनले स्वास्थ्य मापदण्डलाई कडाईका साथ कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेका छन। उनले अहिलेको अवस्थामा जनताको सामाजिक र आर्थिक जीवन पनि प्रभावित बन्दै गएकोले सरकारले निम्न स्तरका जनताका लागि राहत र सहयोगका प्याकेज ल्याउन पनि माग गरेका छन् ।

‘गत वर्ष पनि कोरोनाकै कारण जनताको दैनिकै निकै प्रभावित बन्यो । अहिले पनि सबै प्रकारका कामहरु ठप्प हुने अवस्थामा छन् । यसैकारण सरकारले त्यस्ता वर्गका लागि राहत तथा उद्धारका कार्यक्रमहरु ल्याउन सरकारसँग गर्दछु’, देउवाले भने ।

कोरोनाको फैलावट बढ्दै गएपछि सरकारले गरेको निषेधाज्ञाका कारण जनताहरु कोभिड परीक्षण नै नगरी घर गएकाले उनीहरुको सुरक्षाको जिम्मेवारी लिनुपर्ने बताए ।

कोभिडकै महामारीमा पनि नेपालीहरु विदेश जाने क्रम नरोकिएकाले उनीहरुका लागि सबै अस्पतालहरुमा सहज परीक्षणको व्यवस्था मिलाउन कांग्रेसले सरकारसँग माग गरेको छ ।

यस्तै सीमा नाकामा बढी जोखिम भएकाले सीमा पारीबाट आउनेका लागि नाकामै प्रभावकारी परीक्षणको व्यवस्था गरी उनीहरुलाई केही समय होल्डिङ सेन्टरमा बस्ने व्यवस्था मिलाउन पनि देउवाले सरकारसँग माग गरेका छन् ।

यस्तै कांग्रेसले गतवर्ष फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीहरुले अहिलेसम्म जोखिम भत्ता नपाएको भन्दै यसवर्ष उनीहरुका लागि प्राथमिकतामा राख्नु माग गरे । सरकारले यतिबेला स्वास्थ्य सामग्री, औषधि ल्याउन पहल गर्नुपर्ने भन्दै कोरोना प्रकोपमा जनताको जिउधनको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

खोप लगायत अत्यावश्यक सामग्री सुनिश्चित गर्न माग गर्दै देउवाले खोप उत्पादक देशहरुसँग पार्टीका तर्फबाट पनि खोप उपलब्ध गराउन माग गरेका छन् ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७८ बैशाख १७

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP