२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

सुदूरपश्चिम सरकार कुनै पनि तागतले ढल्दैन, पाँच वर्ष सम्म मेरै नेतृत्व हुन्छ : मुख्यमन्त्री भट्ट

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफुले नेतृत्व गरेको सरकारनै ५ बर्ष सञ्चालन हुने दावी गरेका छन् ।

नेपाल पत्रकार महाँसंघ कैलाली शाखाकोे नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण कार्यक्रममा उनले कसैले चाहदैमा आफु नेतृत्वको सरकार नढल्ने दावी गरे ।

 ‘हो मैले हिजो मानेकै नेता हात धोएर मेरो सरकार ढाल्ने योजनामा लागेका थिए’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टप्रति लक्षित गर्दै मुख्यमन्त्री भट्टले भने–  ‘तर यो सरकार ढलाउन कुनै ताकतले सक्ने छैन, ५ बर्ष नै यो सरकार चल्ने छ ।’

 उनले आफुले उत्कृष्ठ काम गरेको दावी समेत गरे । ‘प्रदेश सरकार पहिलो पटक गठन भएको हो’ उनले भने– ‘यसले धेरै काम गर्न सक्ने अवस्था थिएन, तर हामीले गर्यौं, यो भन्दा बढी काम स्वय प्रधानमन्त्री केपि शर्मा ओली आए पनि गर्न सक्ने अवस्था थिएन ।’

Related News

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
  • २०७८ बैशाख ५

धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...

TOP