२०८१ आश्विन २६, शनिबार
October 12, 2024, Saturday

गृहमन्त्री थापाको सांसद पद खारेज, मन्त्रीबाट पनि पदमुक्त

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभा सदस्य पद गुमेको छ। थापा नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका थिए। 

गृहमन्त्री थापा एमालेमा लागेपछि माओवादीले उनलाई कारबाही गरेको थियो। माओवादीले चैत २७ गते थापाले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो। 

सो पत्रपछि राष्ट्रिय सभा अध्यक्षले थापाको राष्ट्रियसभा सदस्य पद रिक्त भएको निर्णय गरेका हुन्। संसद सचिवालयले आज थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ।  थापा बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य बनेका थिए।

थापाको पद गुमेपछि अब उनले पुन: मन्त्री बन्न संविधानअनुसार सपथ लिनुपर्छ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेका माओवादी केन्द्रका प्रतिनिधि सभाका सांसदहरूको पद पनि खारेज भएको थियो। 

मन्त्रीसमेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद गुमेको हो। सांसद पद गुमेपछि प्रधानमन्त्री ओलीले उनीहरूलाई फेरि ६ महिनाका लागि मन्त्री बनाएका छन्। 

२०७४ मा राष्ट्रिय सभा सदस्य बनेका थापाको कार्यकाल ६ वर्ष थियो। चिठ्ठा तान्दा उनको कार्यकाल ६ वर्ष परेको थियो। ओलीतिर लागेको भनेर पार्टीले कारबाही गरेपछि उनको राष्ट्रिय सभा सदस्य तीन वर्षमै सकिएको छ।

Related News

कञ्चनपुरमा स्रोत नखुलेको २५ लाख रकम बरामद
कञ्चनपुरमा स्रोत नखुलेको २५ लाख रकम बरामद
  • २०७८ बैशाख ५

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...

TOP