काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता भएको छ।
टेलिफोन वार्तामा प्रतिनिधिसभा पुनर्स्थापना भएको प्रति दुवै नेताले खुसी व्यक्त गर्दै बधाई साटासाट गरेका थिए।
स्रोतका अनुसार सर्वोच्चको फैसलाका स्वागत गरेका दुवै नेताले आगामी राजनीतिक परिदृश्यका बारेमा छलफलसमेत गरेका छन्।
सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको सिफारिसलाई बदर गर्दै १३ दिनभित्र संसद् बैठक आह्वान गर्न आदेश दिएको छ।
यस्तो अवस्थामा भावी रणनीति तय गर्ने विषयमा देउवा र दाहालबीच छलफल भएको छ। दाहाल अहिले चितवनमा छन्। उनी भोलि काठमाडौं आउने कार्यक्रम छ। चितवनबाट फर्किएलगत्तै दुई नेताबीच थप छलफल हुने भएको छ।
दाहालले यसअघि नै देउवालाई भावी प्रधानमन्त्री भएको बताउँदै आएका छन्।
काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...