२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

संसद् पुनर्स्थापनाको ऐतिहासिक फैसला स्वागतयोग्य: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको फैसला गरेपछि उनले फैसलालाई ऐतिहासिक भनेका हुन् ।

सभापति देउवाले ट्विट गर्दै सर्वोच्चको अदालतलाई स्वागत गरेका छन् । उनले लेखका छन्, “सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ । मैले सुरुदेखिनै संसद् विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थिए । सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद् पुनःस्थापना गर्ने ऐतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ ।”

सर्वोच्चले संसद् विघटन बदर गरेर संवैधानिक दायित्व पूरा गरेको सभापति देउवाको भनाइ छ । उनले संसद् पुनःस्थापनाको फैसला गर्ने सर्वोच्चका न्यायाधीशरुलाई धन्यवादसमेत दिएका छन् ।

“संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालतनै हो । सर्वोच्चले संसद् विघटन बदर गरेर संवैधानिक दायित्व पूरा गरेको छ,” सभापति देउवाले भनेका छन्, “यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजालाशका न्यायाधीशहरुलाई पनि म धन्यवाद दिन चाहन्छु ।”

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ फाल्गुन ११

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP