काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौमा गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा पेस हुने भएको छ । यद्यपि यो मितिमा १०/१५ दिन तलमाथि हुनसक्ने नेताहरुले बताएका छन् ।
पाँच वर्षमा पनि महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधानअनुसार ६ महिना म्याद थपका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकका लागि सानेपा पुगेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छलफल भएपनि सहमति हुन सकेको छैन ।
छलफलमा सहभागी एक नेता भन्छन्, ‘उहाँहरुले भदौ ७–१० सम्म महाधिवेशन गर्ने प्रस्ताव ल्याउनु भएको छ । यसमा सहमति भइसकेको छैन । भोलिसम्म यसलाई टुंग्याउने सहमति भएको छ ।’
उनका अनुसार प्रस्तावित मिति १०/१५ दिन तलमाथि हुनसक्छ ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...