२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

डोटीमा कांग्रेसका शुभेच्छुक संगठनहरुको विरोध : सरकारले अन्याय गरेको आरोप

डोटी- प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संगठनहरुले शनिबार डोटीमा प्रदर्शन गरेका छन् । कांग्रेसले तय गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत पार्टीका विभिन्न शुभेच्छुक संगठनले सिलगढीमा मौन जुलुस सहित जिल्ला प्रशासन कार्यालय अगाडी विरोध सभाको आयोजना गरेकाहुन् ।

शुभेच्छुक संस्थाका नेता कार्याकर्ताले जिल्ला समन्वय समिति देखि जिल्ला प्रशासन कार्यालय सम्म सडकमा हातमा कालो पट्टि र मुखमा कालो माक्स लगाएर प्ले कार्ड र व्यानरसहित मौन जुलुस प्रदर्शन गरेका थिए । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा संसद विघटनविरुद्ध कांग्रेस विरोध प्रदर्शन उत्रिरहेको हो ।

विरोध सभामा बोल्ने शुभेच्छुक संगठनका प्रमुखहरुले कम्युनिस्टले नेतृत्व गरेका स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारले विभिन्न पेशामा आबद्ध पेशाकर्मीहरुलाई अन्याय गरेको आरोप लगाए । कांग्रेस प्रति आस्था राखेकै कारण शुभेच्छुक संगठनमा आबद्ध ब्यक्तिहरुलाई अनाहकमा दुःख दिने नियतले सरुवा गर्ने, बढुवा रोक्ने, जागिरबाट निकाल्ने, धम्कि दिने र आफ्ना मान्छे गैरकानुनि बाटोबाट जागिर लगाउने जस्ता कार्य गरेको आरोप लगाए ।

नेपाल प्रेस युनियका सचिव पवन महराले सञ्चालन गरेको विरोध सभामा नेपाल प्रेस युनियका अध्यक्ष प्रकाश बम, शिक्षक संघका अध्यक्ष नवराज जोशी, प्रजातान्त्रवादी प्रध्यापक संघका नेता, त्रिभुवन विश्वविद्यालयका सह प्रध्यापक तिर्थराज जोशी, नेपाली कांग्रेस डोटीका सभापति प्रदिप कुमार देउवा , नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष कांशिराम पाठक लगायतले सम्बोधन गरेका थिए ।

बक्ताहरुले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भएको भन्दै आपत्ति जनाएका थिए ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ माघ २४

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP