काठमाडौं- प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसका भ्रातृ संगठनहरु आज (सोमबार) देशभर प्रदर्शनसँगै विरोध सभा गर्ने भएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसका १३ भ्रातृ संगठनहरु सोमबार देशभर एकसाथ प्रदर्शन र विरोध सभा गर्ने भएका हुन् ।
माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकाविरुद्धको तेस्रो चरणको आन्दोलनमा भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्ने निर्णय गरेको थियो । मातृ पार्टीको निर्देशनअनुसार कांग्रेसका १३ भ्रातृ संगठनहरु सोमबार सडकमा ओर्लिन लागेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेस तेस्रो चरणको आन्दोलनमा छ । तेस्रो चरणअन्तर्गत कांग्रेसले माघ २४ गते शुभेच्छुक संस्थाहरुलाई ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा आयोजना गर्न निर्देशन दिएको छ ।
यस्तै कांग्रेसले जिल्ला कार्यसमितिहरुलाई माघ ३० गते जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन र सभा आयोजना गर्न भनेको छ । कांग्रेसले यसअघि प्रतिनिधिसभा विघटनको विरोधमा दोस्रो चरणको आन्दोलनअन्तरगत माघ ८ गते ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गरेको थियो ।
कांग्रेसले माघ ३ गते सात सय ५३ स्थानीय तहहरुमा र गत पुस २५ गते तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । कांग्रेसले पहिलो चरणअन्तर्गत गत पुस १३ गते एक सय ६५ निर्वाचन क्षेत्रमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको थियो ।
दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...