कैलाली- नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा ओली पक्षका नेता लेखराज भट्ट दलाल भएको बताएका छन् । धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, ‘मैले नै उनलाई पटकपटक मन्त्री बनाएको थिए । अहिले उनी केपीको दलाल भएका छन् । केपी आफै दलाल थिए । उनी दलालको पनि दलाल भए ।’ प्रचण्डले केपी ओलीलाई फुच्चे बनाईदिएकोमा धन्यवाद पनि दिएका छन् ।
उनले भने, ‘केन्द्रिय समिति र स्थायी समितिमा त केपी ओली एक तिहाई पनि थिएनन् । सडकमा पनि केपी ओलीलाई एक तिहाईको फुच्चे बनाएको धन्यवाद ।’
दिपायल । समस्याग्रस्त सहकारीका ६ हजार धेरै बचतकर्ताको बचत फिर्ता...