२०७९ मंसिर १५, बिहीबार
December 1, 2022, Thursday

प्रधामन्त्रीलाई बेवास्ता गरेको प्रदेश सरकारले दाहाल र नेपाललाई विमानस्थलमै स्वागत ग-यो

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले नेकपा (दाहाल–नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई धनगढी विमानस्थलमै पुगेर स्वागत गरेको छ । शनिबार धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्न आएका उनिहरुलाई मुख्यमन्त्री त्रिलोचन भट्टसहितका मन्त्रीहरुले विमानस्थलमै पुगेर स्वागत गरेका हुन् ।

यस अघि पुस २४ गते आफ्नो समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रदेश राजधानी धनगढी पुगेका प्रधामन्त्री केपी शर्मा ओलीलाई प्रदेश सरकारले बेवास्ता गरेको थियो । उनको स्वागतका लागि प्रदेश सरकारको शून्य सहभागिता थियो । मुख्यमन्त्री तथा प्रदेश सरकारले संघ सरकारका प्रधानमन्त्रीलाई स्वागत नगरेको, बेवास्ता गरेको भन्दै मुख्यमन्त्रीमा राजनीतिक संस्कार नै नभएको भन्दै चर्को आलोचना भएको थियो । मुख्यमन्त्री भट्टसहित पाँच जनाको मन्त्रिपरिषद्का सदस्यले प्रधानमन्त्री ओलीको बहिष्कार गरेका थिए ।

मुख्यमन्त्री भट्टले प्रधानमन्त्रीको धनगढी भ्रमणबारे औपचारिक जानकारी नै नआएकोले गुट भेलामा आएका प्रधानमन्त्रीलाई स्वागत गर्न नसकेको बताएका थिए ।

तर शनिबार गुट भेलाकै लागि धनगढी पुगेका नेकपा (दाहाल–नेपाल समूह) का अध्यक्ष दाहाल र माधवकुमार नेपालको स्वागत गर्न मुख्यमन्त्री सहितका मन्त्री धनगढी विमानस्थल मै पुगेका हुन् । उनिहरुसँगै स्वागतका लागि पूर्व गृह मन्त्री एवं नेकपा सुदूरपश्चिमका ईञ्चार्ज भीम रावल समेत पुगेका थिए ।

Related News

बालिकाको मृत्युपछि धनगढी दिनभर तनावग्रस्त
बालिकाको मृत्युपछि धनगढी दिनभर तनावग्रस्त
  • २०७७ माघ १७

कैलाली – ग्रेडरको ठक्करले साइकल चढेर विद्यालय जाँदै गरेकी बालिकाको मृत्यु...

TOP