२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

सरकार निरंकुश बन्दैछ : सापकोटा


खैराला– प्रधानमन्त्री केपी शर्मा ओली अहिले एकपछि अर्को गर्दै निरंकुशतातर्फ गइरहेको नेपाली कांग्रेस कैलाली जिल्लाका सल्लाहकार फणिराज सापकोटाले बताएका छन् । नेपाली कांग्रेसद्वारा गरिएको देशव्यापी वडास्तरीय विरोध सभामा सम्बोधन गर्न चुरे गाउँपालिका–२, खैराला पुगेका सल्लाहकार सापकोटाले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीको संसद विघटनमा गरिएको असंवैधानिक कदमप्रति रोष प्रकट गर्दै सापकोटाले भने,‘अदालतदेखि लिएर निर्वाचन आयोगसम्मलाई आफ्नो अधिनमा राखेर प्रधानमन्त्री ओलीले निरंकुशता लाद्न खोजेका छन्, यसका विरुद्धमा हामीले पुनः एकपटक संघर्ष गर्नुपर्ने बेला आएको छ ।’ उनले राजाको शाही कालमा पनि ओलीको जस्तो निरंकुशता नभएको टिप्पणी गरेका थिए । विरोधसभामा बोल्दै उनले प्रधानमन्त्रीले असंवैधानिक कदम नसच्चाएसम्म आन्दोलन गरिरहनु पर्ने बताउँदै भने,‘हामी सुशासन, नीति नियमका पक्षमा सधैँ छौ, र रहने छौँ, त विधि विधान मिचेर गरेको गलत कदमका विरुद्ध सधै आवाज वुलन्दीत गरिरहने छौँ ।’
खैरालामा गरिएको विरोध सभामा चुरे गाउँपालिकाका सह सभापति टीकाराम ढुंगाना, वडा नम्बर २ का वडा सभापति खडक साउँद, राष्ट्रिय मगर संघकी जिल्ला सचिव गंगादेवी थापालगायतले मन्तव्य राखेका थिए ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ माघ ८

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP