डोटी– नेपाली कांग्रेस डोटीका उप–सभापति लक्ष्मण सिंहले कम्युनिष्टका दिन सकिएको बताए । नेपाली कांग्रेस शिखर नगरपालिकाले संसद विटनका विरुद्ध नगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले कम्युनिष्टहरु गलत आचरण, गलत व्यवहार, गलत नैतिकता र अधिनायक प्रबृत्तिका कारण आफै पतनको बाटोमा रहेको बताएका हुन् ।
यसै क्रममा एक दर्जन नेता कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेकाछन् । राप्रपाबाट स्थानीय तहको निर्वाचनबाट उप–मेयरकी उम्मेदवार रहेकी लक्ष्मी कठायत कांग्रेसमा प्रवेश गरेकी छिन् । त्यस्तै राप्रपा नेता नारायण शाही, नेकपामा सक्रिय ब्यक्तिहरु सागर जोशी , कृष्ण बहादुर साउँद, देवराज भट्ट, अजुर्न बाहदुर मल्ल लगायतका एक दर्जन नेता कार्यकर्ता पार्टी प्रवेश गरेको कांग्रेसले जनाएको छ ।
पार्टी प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै उपसभापति सिंहले भने,‘नेपाली कांग्रेसले विगत देखि नै मुलुकलाई संकटबाट जोगाउँदै आएको छ । अहिले पनि नेकपा नेतृत्वको सरकार र तिनका नेताहरुका कारण मुलुकमा पुनः संकट पैदा भएको छ । मुलुकलाई संकटबाट जोगाउने र संविधानको रक्षा गर्ने जिम्मेबारी कांग्रेसको काँधमा आएको छ । अब जनताले कम्युनिष्टको विकल्प र स्थीर राजनीतिका लागि कांग्रेसलाई साथ दिने छन् ।’
पछिल्लो राजनीतिक अवस्था, देशको दोहन, कम्युनिष्ट अधिनायक प्रबृत्ति, अन्याय अत्याचार, भ्रष्टाचारले गलेका नेपाली जनता कम्युनिष्टलाई मतदान गरेकोमा पछुताउँदै नेपाली कांग्रेस प्रवेश गर्नथालेको सिंहले बताए । जनताको अविश्वास, जनताको मतदानको अवमुल्य, राज्यको दोहन, पद र पावरको गलत प्रयोगका कारण जनताले कम्युनिष्टलाई ठेगान लगाउँने बताउँदै सिंहले कम्युनिष्टका दिनहरु सकिन लागेको बताए । कम्युनिष्टहरुले आफ्ना दिनहरु आफै छोट्याउँदै लगेकाले मुलुकको बलियो पार्टी कांग्रेस नै हुनेमा उनले विश्वास ब्यक्त गरे ।
नेपाली कांग्रेस शिखर नगरपालिकाका संयोजक हर्क बोगटीको सभापत्तित्वमा सम्पन्न विरोध कार्यक्रमको संचालन कांग्रेस नेता धर्म फुलाराले गरेका थिए भने कांग्रेस नेता लालबहादुर महराले स्वागत मन्तव्य राखेका थिए ।
विरोध सभालाई कांग्रेस नेता रा रोकाया, महासमिति सदस्य प्रतिमा शाही, दीपक शाही लगायतका नेताहरुले सम्बोधन गर्दै सरकारको गलत प्रबृत्ति र असम्बैधानिक कदमका विरुद्ध आन्दोलन जारी रहने बताए ।
दिपायल – खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ । सडक...