२०७८ श्रावण १४, बिहीबार
July 29, 2021, Thursday

खप्तडका ४० घोडा खाने मुख्यमन्त्री, वन फँडानी गर्ने वनमन्त्री : सभापति देउवा

नेपाली कांग्रेस डोटीका सभापती प्रदीपकुमार देउवाले देश अपराधी र भ्रष्टहरूको हातमा पुगेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार देशका सबै स्थानीय तहमा गरेको विरोध सभा अन्तर्गत डोटीको केआईसिंह गाउँपालिकाको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
‘सरकारको नेतृत्वमा पुगेका व्यक्तीहरूको अनुहार हेरे थाहा हुन्छ ! देशको हबिगत के होला?,’ उनले भने,‘वन फँडानी गर्ने वनमन्त्री ! ब्यक्तीहत्याको अभियोगमा मुद्दा झेलिरहेका सभामुख ! प्रधानमन्त्री स्वयम् व्यक्तीहत्याको आरोप झेलेका व्यक्ती । अनि देश कसरी बन्छ ?’
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि भ्रष्ट पृष्ठभूमिका रहेको उनले दाबी गरे । ‘खप्तडमा ४० गोडा रातारात बाघले खायो भन्नेहरू हाम्रा मुख्यमन्त्री भएका छन,’ सभापती देउवाले भने,‘खप्तडका पाटनहरूमा नेपालगञ्जका खच्चडका खुर छरेर घोडा खाएको सबैलाई थाहा छ ।’ मुख्यमन्त्री कार्यालयबाट योजना किनबेच पनि भईरहेको उनले दावी गरे । ‘वरिपरी योजनाको बार्गेनिङ गर्ने विचौलियाहरू राखिएका छन । जो योजना बेच्छन, र कमिशन रकम मुख्यमन्त्रीसम्म पु–याउछन । यसरी प्रदेशलाई लुटिरहेका छन,’ उनले थपे ।
प्रतिनिधी सभा दुर्घटनामा पर्नुको कारण पनि कम्युनिष्ट नामका स्वार्थीहरूको झुण्ड रहेको बताए । उनले भने, ‘नेकपा भन्ने शक्ति कहिल्यै जनताको हितका लागि नै थिएन् । यो सत्ता र शक्ती हत्याउन् स्वार्थमा बनेको एक झुण्ड हो । जहाँ भागबण्डा नमिलेपछि अहिले यो अवस्था आयो ।’
कम्युनिष्टहरुको स्वार्थको लडाईले देशको भविष्यमाथि नै प्रहार भएको सभापती देउवाले बताए । ‘कम्युनिष्टहरुले देशलाई कठिन मोडमा पु–याएर अलपत्र पारे,’ उनले भने,‘अब यसको निकासका लागि कांग्रेस जस्तोसुकै परिस्थितीका लागि तयार छ ।’
नेपाली कांग्रेसका महासमिति सदस्य एबं केआइसिँह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले कम्युनिष्ट प्रबृत्ती स्थानीय तहदेखी केन्द्रसम्म उस्तै रहेको बताए । ‘जहीँतही प्रबृत्ती उस्तै हो । प्रदेश र संघबाट योजना किनेर ल्याउने यता कामै नगरी खाने प्रबृत्ती देखिएको छ,’उनले भने,‘उल्टो कांग्रेसले जितेका स्थानीय तहका कामहरु देख्न नसक्नेहरु छापामार शैलीमा रोक्ने प्रयासमा जुट्छन् ।’ कम्युनिष्टको सर्वहारा बर्ग तथा विकास र समृद्धिका नाराहरु गाउँस्तरमा अलप भएको बताए ।
महासमिति सदस्य एबं केआईसिँह गाउँपालिकाका उपाध्यक्ष मीना बिष्टले कम्युनिष्टले महिला, दलित, उत्पिडित वर्ग समुदायका नाममा गरेको राजनीति उनीहरुले दुईतिहाई ल्याएर सत्ता सञ्चालन गर्दा देखिएको बताईन् । उनले भनिन्,‘भ्रम छरेर सीमान्तकृत समुदायको भोट लिएर आज उनीहरुकै खुनपसिना चुसिरहेका छन् ।’
कार्यक्रममा नेपाली कांग्रेस डोटीका पुर्व सचिव पदम रावत, जिल्ला कार्यसमिति सदस्य रामचन्द्र राणा लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।

Related News

प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
  • २०७७ माघ ४

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी ओली समूहका केही सांसदले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्...

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
  • २०७७ माघ ४

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कुल सांसद संख्याको १६५ मत...

प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
  • २०७७ माघ ४

काठमाडौं– जनता समाजवादी पार्टी (जसपां) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत...

TOP