२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

डाँका, लुटेरा र अपराधीको हातमा देश : पूर्वमन्त्री बलायर

डोटी– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले डाँका, लुटेरा र अपराधीको हातमा देश गएको बताएका छन् । नेपाली कमंग्रेस दिपायल सिलगढि नगरपालिकाले जगरको वडा नं.– ८ नारिदाङ र लडागडामा आयोजना गरेको वडा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘वर्तमान सरकार अहिले डाँका, लुटेरा, भ्रष्टाचारी अपराधीको घेरा भित्र छ, बलायरले भने,‘ संसद विघटन गरेर पनि केपी ओली अहिले म्यादी मन्त्री बनाउनमा नै व्यस्त छन् । केपी, प्रचण्ड र माधबको कन्ट्रक्सन नमिलेर अहिले देशलाई अनिर्णयको बन्दी बनाएको हो ।’

बलायरले वर्तमान सरकारबाट निर्वाचन सम्भव नभएको समेत बताए । कम्युनिष्टहरू नेपालका लागि अभिषाप भएको पुष्टी भएको पनि पूर्वमन्त्री बलायरको आरोप छ । ‘नेपाली जनताले कम्युनिष्टको झुटो आश्वासनका भरमा विश्वास गरेर झण्डै दुईतिहाईको बहुमत दिए, उनले भने, ’त्यसको चरम खेलबाड कम्युनिष्टहरुले जनतालाई कालोमोसो लगाएको सरह हो ।’

देश र जनतालाई कांग्रेसको आवश्यकता भएको ५८ दिनको घर दैलो कार्यक्रमले देखाएको उनले बताए । ओलीमा सर्वसत्तावादी महात्वाकांक्षा बढेको भन्दै अब देशमा कम्युनिष्ट मुक्त बनाउने कांग्रेसको अभियान रहेको उनले बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सभापति प्रदिप कुमार देउवाले कम्युनिष्टहरुले आफ्नो प्रबृत्ति दर्शाउन कुनै कसर बाँकी नराखेको बताए । उनले भने, ‘कम्युनिष्टको सर्वसत्तावादी, अलोकतान्त्रिक, भ्रष्ट र फासिस्ट स्वभाव पूर्णरूपमा प्रदर्शित भएको छ ।’ उनले भने,’ केपि ओलिको रास्ट्रवाद खोक्रो रास्ट्रबाद हो । अब कमुनिष्टका झुटा खोक्रा आश्वासनका पछाडी नलाग्न अनुरोध गरे ।’

कार्यक्रमा बोल्दै नेपाली कांग्रेसका महासमिति सदस्य प्रशिस महरा र क्षेत्रीय सभापति विजय खड्काले कम्युनिष्ट सरकारहरु प्रदेशदेखि संघसम्म असफल भएको बताए । संसद् विघटन गर्ने असंवैधानिक कार्यले देशलाई अन्धकारतिर लैजाने उनिहरुको भनाइ थियो ।
कार्यक्रममा जिल्ला सदस्य सुशील घर्ती ,नगर सभापति गणेश मलासी लगायतले मन्तवय राखेका थिए । पुर्बमन्त्री बलायर लगायतको टोलि गाउँमा जादा पञ्चे बाजा र फुलमालाले स्थानीयले भव्य स्वागत गरेका थिए ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ माघ २

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP