२०७९ मंसिर १६, शुक्रबार
December 2, 2022, Friday

पूर्वमन्त्री बलायारलाई गृहजिल्लाका गाउँ–गाउँमा बाजागाजा सहित स्वागत र अभिनन्दन

डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर गृहजिल्लाको भ्रमणमा रहेकाछन् । यस क्रममा उनलाई जिल्लाका बिभिन्न गाउँहरुमा बाजागाजा सहित स्वागत तथा नागरिक अभिनन्दन गरिएको छ ।

केन्द्रीय सदस्य बलायर सहभागि भएको कार्यक्रममा दर्जनौ नेता कार्यकर्ताहरुले कांग्रेस प्रवेश गरेकाछन् । जिल्लाका विकट गाउँहरुमा समेत आफ्नो भेटघाट कार्यक्रमलाई तिव्रता दिएका बलायरलाई उनको निर्वाचन क्षेत्रमा स्थानीयहरुले स्वागत तथा अभिनन्दन गर्दै आएको डोटी कांग्रेले जनाएको छ ।

बलायरले नेकपा नेतृत्वको सरकार र तिनका नेताहरुको गतिबिधिसँग परिचित जनताहरुले अबको विकल्प कांग्रस नै भएको भन्दै विश्वास सहित स्वागत गरेकोमा धन्यवाद ब्यक्त गरेका छन् । गृहजिल्लाको बस्ती–बस्तीमा पस्दा जनताको कांग्रेस प्रतिको विस्वास, आस्था र नेकपासँगको असुन्तिष्टिले पुनः कांग्रेसलाई घुँडा धसेर देश र जनताको हितमा काम गर्न प्रेरण दिएको उनले बताए ।

बलायरलाई डोटीका विभिन्न स्थानहरुमा नागरिक अभिनन्दन र बाजागाजा सहित स्वागत गरिएको छ । शुक्रबार उनलाई दिपायल सिलगढी नगरपालिका–८ लडागडा र नारिदाङमा स्वागत गरिएको थियो । उक्त कार्यक्रममा नेपाली कांग्रेस डोटीका सभापति प्रदिप कुमार देउवा सहित अन्य नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

भिडियो

Related News

धनगढीमा ८ राउन्ड हवाई फायर, दर्जन बढी विद्यार्थी पक्राउ
धनगढीमा ८ राउन्ड हवाई फायर, दर्जन बढी विद्यार्थी पक्राउ
  • २०७७ माघ २

कैलाली- स्थानीय प्रशासनले निषेध गरिएको क्षेत्रमा विद्यार्थीले आन्दोलन गरेपछि भीडलाई...

TOP