२०८० जेष्ठ १४, आईतवार
May 28, 2023, Sunday

दिसिनपा– ६ सिलगढीका ११ जना युवा कांग्रेसमा प्रवेश : पूर्वमन्त्री बलायरले गरे स्वागत

डोटी– पछिल्लो समय कांग्रेसले आफ्नो सक्रियता बढाएसँगै पार्टी प्रवेश गर्नेको लहर नै चलेको छ । बुधबार दिपायल सिलगढी नगरपालिका–६ सिलगढीमा आयोजित टोल भेलामा नेकपामा क्रियाशिल ११ जना युवाहरु कांग्रेसमा प्रवेश गरेका छन् ।

नेकपाको विभिन्न जिम्मेबारीमा रहदै आएका युवाहरु योगेन्द्र खड्का , आयुष घले , गणेश मालाशी , दिलीप बोहरा , प्रकाश घले , वीरेन्द्र मलासी लगायत ११ जना युवाहरु कांग्रेस प्रवेश गरेको नेविसंघ डोटीका अध्यक्ष गणेश खड्काले जानकारी दिए ।

प्रवेश गर्ने युवाहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायरले स्वागत गर्नुका साथै सदस्यता प्रदान गरेका थिए । युवाहरुलाई प्रवेश गराउँदै बलायरले प्रवेशीहरुको विस्वासलाई आतमासाथ गर्दै कांग्रेसले देश र जनताका लागि कटिबद्ध भएर काम गर्ने बताए । नव प्रवेशीहरुलाई पार्टीको शिद्धान्त, विधान र लोकतन्त्रका लागि वफादार भएर काम गर्न अनुरोध समेत गरेका थिए ।

Related News

सरकारको स्पष्टीकरण : रेशम चौधरीलाई रिहाइ गर्न कानुनभन्दा बाहिर गएका छैनौँ
सरकारको स्पष्टीकरण : रेशम चौधरीलाई रिहाइ गर्न कानुनभन्दा बाहिर गएका छैनौँ
  • २०७७ पुष २९

काठमाडौं – सरकारले कानुनविद्हरूको सल्लाह सुझावका आधारमा रेशम चौधरीलाई रिहाइ...

TOP