डोटी- नेपाली कांग्रेसका क्रियाशिल सदस्य नरबहादुर मल्लको निधन भएको छ । दमको समस्या भएका मल्लको ८३ वर्षको उमेरमा निधन भएको हो ।
शिखर नगरपालिका– ६ तलकोट निवासी मल्लको सोमबार निधन भएको हो । उनको मंगलबार हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।
लामो समय देखि कांग्रेसमा क्रियाशिल स्व. मल्लको पार्थिव शरिरमा तरुण नेता ओम फुलारा र प्रजातान्त्रिक महासंघ डोटीका अध्यक्ष उद्धव मल्लले कांग्रेसको झण्डा ओढाएर अन्तिम विदाइ गरेका थिए ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...