२०८१ आश्विन ४, शुक्रबार
September 20, 2024, Friday

ओलि र प्रचण्ड हत्यारा हुन् : पूर्वमन्त्री बलायर

डोटी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायरले केपि ओलि र पुस्प कमल ‘दाहाल’ प्रचण्ड हत्यारा भएको बताएका छन् ।
दिपायल सिलगढि नगर पालिका – ९ मा काङ्ग्रेसको वडा सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,’ ओलि पन्चायतकालको हत्यारा भएको र प्रचण्ड बहुदलको हत्यारा हो । प्रचण्डले १७ हजार जनता मारेकाे याद छोराको मृत्यु हुदा उनले देखाए ।’

काङ्ग्रेसले गणतन्त्रको नारा लगाउदै गर्दा ओलि ‘जि ‘ले बयलगाडा चढेर अमेरिका पुगिन्न भन्ने अभिव्यक्ति त्यति बेला दिएका थिए । बलायरले भने ,उनी गणतन्त्रका बिरोधि थिए भन्ने कुराको अहिले आएर संसद विघटन गर्दा प्रमाणित गरेर देखाए। ‘ हत्यारा,भ्रष्टाचारि, बल्तकारीको हातमा देश गएका कारण देशका सबै तह र तप्का संकटमा परेको उनले बलायरले बताए ।
बर्तमान सरकारबाट निर्वाचन सम्भव नभएको उनले बताए । ‘विधि, पद्धति, संवैधानिक व्यवस्था, आचरण, नैतिकता सबैको चरमसीमा नाघेर अघि बढेको सरकारबाट चुनाव हुन्छ भन्ने विश्वास नगरौँ । त्यसका लागि चुनावी सरकार आवश्यक छ,’ उनले भने ।

कम्युनिष्टहरू नेपालका लागि अभिषाप भएको पुष्टी भएको पनि पूर्वमन्त्री बलायरले बताए । ‘नेपाली जनताले कम्युनिष्टको झुटो आश्वासनका भरमा विश्वास गरेर झण्डै दुईतिहाईको बहुमत दिए,’ उनले भने, ’त्यसको चरम खेलबाड कम्युनिष्टहरुले गरेको जनताले बुझेका छन् ।’ त्यसैले देश र जनताले कांग्रेसतर्फ हेरिरहेको उनले बताए ।

कांग्रेस अहिलेको परिस्थितीमा केवल प्रधानमन्त्री ओलीको मात्र विरोधमा नभई समग्र कम्युनिष्ट प्रबृत्तिकाविरूद्ध आन्दोलन गरेर जनतालाई सचेत पारिरहेको उनले बताए । कार्यक्रममा काङ्ग्रेस पार्टी सभापति प्रदीपकुमार देउवा, उप- सभापति लक्ष्मण सिंह,महासमिति सदस्य प्रसीस महरा, क्षेत्रीय सभापति बिजय खड्का ,जिल्ला सदस्य जित खड्का, सुशील घर्ती , नेता धर्म राज जोशी, तरुण नेता ललित बलायर, नगर सभापति गणेश मलासी, नेबिसंघका अध्यक्ष गणेश खड्का, राजेन्द्र खड्का लगायतले मन्तव्य राखेका थिए ।

Related News

यी हुन् सहकारी ठगीमा फरार २९ जना
यी हुन् सहकारी ठगीमा फरार २९ जना
  • २०७७ पुष २८

काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष...

TOP