काठमाडौं- गृह मन्त्रालयमा आगामी बैसाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि निर्वाचनको खर्चबारे सुरक्षा निकायका प्रमुखहरुसँग छलफल भएको छ।
सोमबार गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, गृह सचिव तथा अर्थ सचिवको उपस्थितिमा तीन वटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर निर्वाचनको खर्चबारे छलफल भएको हो।
बैठकमा गृह मन्त्रालय तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको तर्फबाट हाल मौजुदा श्रोत साधन तथा निर्वाचन प्रयोजनमा आवश्यक पर्ने थप श्रोत साधन व्यवस्थापन सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत भएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी बैसाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरेका छन्।
प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै सर्वोच्चमा परेको रिट विचाराधिन छ भने सरकारको कदमको विरोध भइरहेको छ।
डोटी । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध डोटी लगायत देशभर विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको असंवैधानिक...
डोटी– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले डाँका, लुटेरा र अपराधीको हातमा देश गएको बताएका छन् । नेपाली...
डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर गृहजिल्लाको भ्रमणमा रहेकाछन् । यस क्रममा उनलाई जिल्लाका बिभिन्न गाउँहरुमा बाजागाजा...