२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday
अनेरास्वबियु पनि विभाजन

डोटीमा नेकपा विभाजन : ओली समुहबाट जिसस प्रमुख ऐर जिल्ला अध्यक्षमा चयन

डोटी- डोटीमा नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको छ । नेकपाका जिल्ला अध्यक्ष चक्र मल्ल, सचिव जंग बिक दाहल–नेपाल समुहमा उभिए पछि ओली समुहले अर्को जिल्ला कमिटि गठन गरेको हो ।

सोमबार सिलगढीमा प्रधानमन्त्री केपी शर्मा ओली समुहको भेलाले जिल्ला समन्वय समितिका संयोजक समेत रहेका रामबहादुर ऐरको अध्यक्षमा छुट्टै जिल्ला कमिटि कठन गरेको हो । भेलाले मदन भण्डारी फाउण्डेसनका अध्यक्ष लक्ष्मण मलासीलाई सचिवमा चयन गरेको छ ।

ओली समुहको जिल्ला कमिटिको बिस्तारित बैठकले पार्टी अध्यक्ष चक्र मल्ल र सचिब जंग बिकलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय समेत गरेको छ ।

पार्टी विस्तरित बैठकमा साविकको नेकपा डोटीका १ सय ३५ जना जिल्ला कमिटि सदस्य मध्य ६१ जना जिल्ला कमिटि सदस्यको उपस्थिति रहेको ओली समुहको दावी छ ।

ओली समुहले २ सय ९९ जनाको जिल्ला कमिटि बिस्तार गर्ने र जिल्लाका ९ वटै स्थानीय तहमा समेत कमिटि विस्तार गर्ने योजना रहेको जनाएको ।

अध्यक्ष चुनिएका ऐर तत्कालिन नेकपा(एमाले)को जिल्ला कमिटिका सचिव समेत थिए ।

अनेरास्वबियु पनि विभाजन

आजै दाहाल–नेपाल समुहका विद्यार्थीहरुको भेलाले अनेरास्वबियुको पनि नेतृत्व फेरबदल गरेको छ । ओली समुहमा लागेका अनेरास्वबियु डोटीका संयोजक डबल बोहरा सहितका कार्यदलका सदस्यको ठाउँमा नेतृत्व फेरबदल गरेको हो ।

सोमबार सिलगढीमा आयोजित विस्तारित बैठकले दाहाल–नेपाल समुहका वीर बहादुर विष्टलाई संयोजक र प्रकाश जोशीलाई उप–संयोजक तोकेको छ । निवर्तमान सह–संयोजक गणेश बम दाहाल–नेपाल समुहमै भएका कारण उनि सहित गणेश रोकायालाई अनेरास्वबियुको केन्द्रीय सदस्यका लागि सिफारिस गरेको छ ।

कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष चक्र मल्ल प्रमुख अतिथि रहेका थिए भने जिल्ला सचिव जङ्ग बिक विशिष्ठ अतिथि रहेका थिए ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ पुष २७

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP