डोटी- सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्ण बहादुर मल्ले कम्युनिष्ट नेतृत्वको सरकारले देशमा फोहरी खेल खेलेको आरोप लगाए । शिखर नगरपालिका– १० मा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले सुरु हुँदै गरेको भलिबल प्रतियोगिताको उदाहरण दिदै वर्तमान सरकारले फोहरी खेल खेलिरहेको आरोप लगाएका हुन् । सिंहदरबारमा केपी ओली, सडकमा माधन नेपाल र प्रचण्डले फोहरी खेल खेलिरहेको उनको आरोप छ ।
अहिले अवस्थामा कम्युनिष्टहरुले प्रतियोगिता पनि नगरौं, भलिबल पनि फुटाईदिउँ, नेट पनि जलाईदिउँ, मैदानको पनि आवस्यकता छैन र सम्पुर्ण चिजहरुको नामनिसान मेटाउँ भन्ने अभिप्राय बोकेको सांसद मल्लले बताए । उनले भने,‘देशैभर एकै चोटी खेल मैदान बनाउँला, अहिले खेलाडी उत्पादन गर्न आवस्यकता छैन । खेलाडी पनि आफ्नो घरमा बसिराख्नुस् । प्रतियोगिताका लागि कुनै पनि अभ्यास गर्न आवश्यक छैन भन्ने मनस्थिति विरुद्ध सबैले उभिनुपर्ने आवस्यक छ ।’
निर्वाचन पछि जनताले कम्युनिष्टलाई पाँच वर्षका लागि सरकार प्रदान गरेको तर तिन बर्ष नपुग्दै अबरोध गरेको प्रति ब्यङ्ग्य गर्दै सांसद मल्लले भने,‘पाँच दिनका लागि भनि आयोजना गरिएको प्रतियोगिता तीन दिनमै मैले अबरुद्ध गरे भन्ने रेफ्रिले यो खेल नखेलाइदिनु होला ।’
तपाई प्रतियोगिता खेल्दै गर्नुस् तर मैले जसलाई चाह्यो त्यसैलाई विजय घोषण गर्छु भन्ने अहिलेको प्रधानमन्त्री नेपालको राजनीति, राष्ट्रियता, मुलुक, लोकतन्त्र, संविधान, संसद माथि धावा बोलेको राजनीतिका विरुद्धमा अब हरेक ब्यक्ति उभिन जरुरी रहेको सांसद मल्लले बताए । उनले भने,‘साथिहरु बरु कोही कांग्रेस नबनिदिनुस् तर अहिलेको अन्याय, अत्याचार, भ्रष्टाचार, बलात्कार, अधिनायकबाद विरुद्ध उभिने, बोल्ने शाहस हरेक खेलाडीले गर्नुपर्दछ ।
अहिलेको सरकारले भएको व्यवस्था, भएका संरचना भत्तकाउने, बिगार्ने, बिग्रिन दिने र भताभंग भएसि बनाउँला भन्ने मनसाय बोकेको समेत आरोप लगाए ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...