डोटी- पूर्वीचौकी गाउँपालिका–१ मा वडा सदस्यका उमेदबार सहित ४२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसले भातृ तथा पार्टीका संघ संघटन विस्तार गर्ने क्रममा वडा सदस्य सहित ४२ जना प्रवेश गरेको नेपाली कांग्रेस डोटीका जिल्ला सदस्य कुबेर खड्काले जानकारी दिए ।
कार्यक्रममा वडा नं. १ खिर्सैन छेप्लाडी टोलका तत्कालिन नेकपा एमालेबाट वडा सदस्यका उमेदबार झिमा भुल सहित पुरै टोल प्रवेश गरेका नेता खड्काले बताए । टोलमा कांग्रेसको टोल समिति सहित भातृ संगठनहरु विस्तार गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा कांग्रेस नेता रामप्रशाद उपाध्याय, दलित संघका अध्यक्ष लाल बिक लगायतका नेताहरुको सहभागिता रहेको थियो
डोटी– नेपाली कांग्रेस डोटीका उप–सभापति लक्ष्मण सिंहले कम्युनिष्टका दिन सकिएको बताए । नेपाली कांग्रेस शिखर नगरपालिकाले संसद विटनका विरुद्ध नगरमा...
डोटी- नेपाली कांग्रेस डोटीका नेता रामप्रसाद उपाध्यायले कम्युनिष्ट शासनको वर्तमान कालखण्डमा भ्रष्टाचारले चरमचुली नाघेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार...
नेपाली कांग्रेस डोटीका सभापती प्रदीपकुमार देउवाले देश अपराधी र भ्रष्टहरूको हातमा पुगेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार देशका सबै...