२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

डोटीमा कांग्रेस प्रवेश गर्नेको लहर: एकै दिन युवा संघका जिल्ला सदस्य सहित एक सय ३१ जना प्रवेश


डोटी- नेपाली कांग्रेस डोटीले टोल–टोलमा टोल समिति तथा भातृ संगठनहरु विस्तार गर्न थालेपछि नेपाली कांग्रेस प्रवेश गर्नेको लहर नै चलेको छ । नेपाली कांग्रेस डोटीका अनुसार अधिकांस नेकपा परित्याग गरेर कांग्रेस प्रवेश गरिरहेका छन् ।

कांग्रेसले केन्द्रीय सदस्य वीरबहादुर बलायरको उपस्थितिमा आदर्श गाउँपालिका– ७ सातलामा आयोजना गरेको कार्यक्रममा नेकपाको युवा संगठन राष्ट्रिय युवा संघ नेपालका जिल्ला सदस्य मिलन विक सहित नन्दराम भट्ट लगायतका १५ जना नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेको नेवि संघ डोटीका अध्यक्ष गणेश खड्काले जानकारी दिए । खड्काका अनुसार आदर्श गाउँपालिका–६ गीरिचौकामा चन्नु अधिकारी, दिपक खडायत, राम खडायत लगायतका २५ जना नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस प्रवेसका उनिहरुलाई केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर, डोटी कांग्रेसका उप–सभापति लक्ष्मण सिंहले स्वागत तथा सदस्यता वितरण गरेका थिए ।

त्यस्तै जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ खिर्सैनमा ततकालिन नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा वडा सदस्यका उमेदबार खिना देवी विस्ट सहित ५१ जना नेकपा परित्याग गरेर कांग्रेस प्रवेस गरेको डोटी कांग्रेसका जिल्ला सदस्य कुवेर खड्काले जानकारी दिए ।

उता नेकपाको किल्ला मानिएको सायल गाउँपालिका–३ कचालीको पुरै गाउँ कांग्रेसमा प्रवेश गरेको छ । नेकपाको एकलौटी मतदाता भएको उक्त गाउँका ४० परवारका ब्यक्ति कांग्रेस प्रवेश गरेको कांग्रेस नेता धर्मराज जोशीले जानकारी दिए ।

कांग्रेसले जिल्लाभर पालिका, वडा तथा टोल–टोलमा आफ्नो समिति तथा भातृ संघ संगठनहरु विस्तार गर्ने योजना रहेको नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशीले बताए ।

Related News

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
  • २०७७ पुष २१

धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...

TOP