२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

सायल ३ मा कांग्रेसको संगठन विस्तार : नेकपा नेता डिभिजन कांग्रेस प्रवेश

डोटी- सायल गाउँपालिका वडा नं. ३ का टोलमा कांग्रेसले आफ्ना संगठन विस्तार गरेको छ । नेपाली कांग्रस सायल गाउँपालिकाले वडाको साप्रा टोलमा संगठन विस्तार गरेको हो ।


५० जना भन्दा बढी स्थानीयको सहभागितामा आईतबार साप्रा टोल र बोटारा टोलमा संगठन विस्तार भएको कांग्रेस नेता धर्मराज जोशीले बताए । उनका अनुसार हरिपाल थापाको अध्यक्षतामा ९ सदस्यीय टोल समिति गठन गरिएको हो ।


साप्रा टोलमा पदम वहादुर खातिको अध्यक्षतामा ११ सदस्यीय तरुण दल, धना खातीको अध्यक्षतामा ११ सदस्यीय महिला संघ गठन गरिएको हो ।


तस्तै वडाको बोटारा टोलमा पदम वहादुर बिष्टको अध्यक्षतामा ११ सदस्यीय टोल समिति, वीर वहादुर बिष्टको अध्यक्षतामा ११ सदस्यीय तरुण दल गठन गरिएको जोशीले बताए ।

कार्यक्रममा तत्कालिन माओवादी पार्टीका गाजस प्रमुख, कमान्डर हाल नेकपाका नेता सालिभान बिष्ट (डिभिजन) लगायतका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

Related News

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
  • २०७७ पुष १९

धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...

TOP