काठमाडौं- नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल समूहले सरकारविरुद्ध दोस्रो चरणको संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ।
उक्त समूहमा प्रवक्ता नारायणकाजी श्रेष्ठकाे नेतृत्वमा रहेकाे संघर्ष समितिले शनिबार दिउँसो पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो।
संघर्षका कार्यक्रममा वडा तहदेखि राजधानीमा प्रदर्शन गर्नेसम्मका कार्यक्रम तय गरिएको छ। दोस्रो चरणका कार्यक्रमहरु पुस २० गतेदेखि माघ २३ गतेसम्मलाई तय गरिएको छ।
यस्ता छन् दोस्रो चरणका कार्यक्रम
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...