२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday
राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

अन्तरिम सरकारको आवश्यकता : पूर्वमन्त्री बलायर

भ्रष्टाचारीलाई छोड्दैनौं । माननीय सकिएपछिका उदारा मन्त्री । १७ हजार किन मारेको

डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायरले मुलुकमा सर्वदलीय अन्तरिम सरको आवश्यकता रहेको बताए । नेपाली कांग्रेस आदर्श गाउँ कार्य समितिले ४५औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै बलायरले ओली सरकारले निर्वाचन गराउनेमा ढुक्क हुन सक्ने अवस्था नरहेकाले अन्तरिम सरको आवस्यकता रहेको बताएका हुन् ।

अदालतामा बिचाराधिन मुद्धा के हुने हो थाह छैन, बलयारले भने,‘तर नेपाली जनताले अब अपमान सहन सक्दैन ।’ बर्तमान सरकारले निर्वाचन गर्न नसक्ने बताउँदै उनले मुलुकमा तोकेकै समयमा निर्वाचन गराउँन सर्वदलीय अन्तरिम सरकार चाहिने बताए ।

कम्युनिष्टको आन्तरिक झगडाका बीच ओली सरकारले बैशाखमा निर्वाचन गराउन सक्नेमा ढुक्क हुन सक्ने अवस्था नरहेको बताउँदै पूर्वमन्त्री बलायरले अन्तरिम सरकारका माध्यमबाट मात्रै निस्पक्ष, धादलि रहति निर्वाचन गराउँन सकिने बताए । कम्युनिष्टले निर्वाचन गराउन सक्दैनन् भन्ने कुरा विगत देखिनै प्रमाणित भएको छ, उनले भने,‘यिनिहरुले जागिर खान र जोगाउन मात्रै अनेक हत्कण्डा बाहना अपनाउने गर्दछन् । बैशाखमा चुनाव हुनेमा कुनै विश्वास छैन । अन्तरिम सरकारका माध्यमबाट निर्बाचन हुनुपर्छ भन्ने हाम्रो धाराणा हो र अहिलेको आवस्यकता पनि हो ।’

‘ओलीले कामचलाउ सरकारको रुपमा सधैभरी सत्तामा रहुँला ठानेको होला, बलायरले भने,‘बाध्य बनाउँने छौं सरकार छोड्न । बाध्य भएनन् भने तानेर सडकमा ल्याउँने छौं । नयाँ राजनीतिक परिस्थितिको निर्माण गर्ने छौं ।’

पूर्वमन्त्री बलायरले कांग्रस भित्र बाहिर हल्ला गरेजस्तो कुनै पनि दुबिधायुक्त वातावरण नरहेको स्पष्ट पार्दै कांग्रसको आन्दोलन एक ढिक्का भएर जारी रहेको बताए । उनले नेपाल माथि विश्वको आँखा रहेकाले परिस्थििति बिग्रीयो भने देशमा जतिखेर जे पनि हुन सक्ने र देश द्वन्द्वमा जानसक्ने भएकाले सचेत रहन आग्रह गरे ।

प्रचण्ड र ओली कांग्रसका लागि बराबर रहेको बताउँदै उनले उनिहरुको आन्तरिक झगडाले देश बरबादी तिर गएको आरोप लगाए । कम्युनिष्टको झगडालाई खान नपाएको र लुट्न नपाएको क्रोधको संज्ञा दिदै पूर्वमन्त्री बलायरले कम्युनिष्ट पार्टीको फुटाईले एउटा कित्ता चिन तिर र अर्को कित्ता भारत तिर गएको बताए । उनले थपे,‘नेपालमा भारतीय हस्तक्षप त थियो÷थियो त्यसैमा चिनको हस्तक्षप पनि बढेको छ । पछिल्लो समय चिनका नेताहरु, मन्त्रीहरु आएर घरघरमा देउसी खेले जस्तै गर्दैछन् । भारतका मिडियामा प्रचण्डले भारतसाग गुहार माग्दैछन् । हामिलाई मिलाई दिनुप¥यो भनेर । यो राष्ट्रियता सार्वभौमसत्ता विरुद्ध छ ।’ कुनै पनि पार्टी फुटेनो राम्रो नभएको बताउँदै उनले कम्युनिष्टको झगडामा आफुहरुलाई कुनै चासो नरहेको बताए । पछिल्लो घटना क्रमले पनि कांग्रेस विना देशको परिकल्पना गर्न सकिदैन भन्ने कुरा पुष्टि भएको बलायरले बताए ।

जनताहरुमा कम्युनिष्ट प्रति वितृष्णा पैदा भैसकेकाले उनिहरुका दिन ओरालो लागि सकेको बताउँदै बलायरले कांग्रसमा प्रवेस गर्नेहरुको लहर बढेको बताए । कम्युनिष्टले जनता तथा कार्यकर्तालाई कागती जस्तै निचोरेका कारण आज कांग्रेसलाई प्राण देउ भन्दै आउनथालेका छन्, उनले भने,‘ जव एउटा मान्छे समाजमा इजतका साथ, सगौरव बाँच्न सकेन, उस्का मौलिक अधिकार हनन हुन थाले दविन थाले, खोसिन थाले, चेपिन थाले, अनि उस माथि आक्रमण हुन थाल्यो तब कांग्रसमा प्रवेस गर्न थाले । उनिहरुको अभिभावकत्व हामिले लिन्छौं र स्वतन्त्रसँग, सम्मान जनक रुपमा बाँच्ने वातावरण बनाउँछौं ।’ विरालालाई बन्द कोठामा थुन्दा घाँटीमा आक्रमण गर्दछ, त्यही आक्रमणको सिकार भएकाहरु निस्वार्थ कांग्रसमा प्रवेस गर्न थालकाछन् । त्यही आक्रमणको चाङ हो कंग्रेस प्रवेस गर्नेको बलायरले थपे ।

कम्युनिष्टका नेताहरुले पैंसा लुट्दै गाउँ छोडेर हिडेको आरोप लगाउँदै बलायरले अब उनिहरुका गाउँको जिम्मा कांग्रसले लिने बताए । उनले भने,‘हामि उनिहरुका वस्तीहरुको जिम्मा लिन्छौं । हामीले आफ्नो बनाउँन खोजेका छैनौ । हामिसँग व्यक्तिगत स्वार्थ छैन । सरकारी स्रोत र साधन प्रयोग गरेर खादैनौं र खुवाउँदैनौ गरिव जनताको अभिभाकत्व निर्वाह गर्दछौं ।’

भ्रष्टाचारीलाई छोड्दैनौं

कांग्रेसले भ्रष्टाचारी नेता कार्यकर्ता र कर्मचारीको निगरानी राखिरहेको बलायरले बताए । उनले भने,‘ कांग्रेसले भ्रष्टाचारी नेता कार्यकर्ता र कर्मचारीको निगरानी राखिरहेको छ । हिसाव किताव लिने बेला आउँदै छ । यिनको सम्पतिको छानविन गर्ने बेला आउँदैछ । रसि हालेर तानेर सडकमा ल्याउँछौं । अहिले अख्तियार, सम्पति शुद्धिकरण, प्रहरी प्रशासन धम्कीका कारण चुप छ । चाँडै हिसाव किताव गछौं । अब गाउँ–गाउँ वस्ती–वस्तीमा बस्छौं ।’ बलायरले अब कांगे्रस भएकै कारण कसैले होच्याउन्छ दबाउँछ भने त्यसको मर्मत गर्ने तागत पनि कांग्रससँग रहेको चेतावनी समेत दिए ।

समृद्धिको झुटो नाराका नाममा कम्युनिष्टहरुले आफ्नो भुँडी भरिरहेको, अधेरोमा लुटिरहेको र आफ्नालाई मात्र भागवण्डा गरिरहेको बताउँदै अवका दिनमा खाएको जति वकाल्ने बलायरले बताए । उनले भने,‘यिनिहरुले हामीले खाएको कस्ले देखेको छ भन्ने सोचेको होला, निगरानी राखेका छौं ।, अब खोल्छौ पोल, अब गछौं हिसाव किताव, देश छोडेर गायो भने हाम्रो भन्नु केही छैन नत्र छोड्ने वाला छैनौं ।’

निर्वाचनको बखत बुतमा दादागिरि गर्नेहरु, बाटामा चिनि तेल बाँड्नेहरुकासमेत हिसाव किताव गरिने उनले बताए । उनले भने,‘हामिले लगत लिएका छौं । औगातमा बसेनौ भने औगातमा बसाउन सक्ने तागत छ । गरिवलाई झन गरिव बनाउने अनि गरिवी माथि खेल्ने र लोभ्याउने कम्युनिष्टका एक–एक हिसाव राखेकाछौं ।’

आफ्नो बाध्यता, बिवस्ताले भारत पसेका जनताबाट कम्युनिष्टका नेताले गाउँमा स्कुल खोलेर भारुमा फिस लिने गरेको आरोप लगाउँदै बलायरले सेवा हो भने सेवा सुल्क मात्रै लगाएर विद्यालय सञ्चालन गर्न चुनौती दिए ।

पूर्वमन्त्री बलयारले आफु मन्त्री पदमा रहदा घुस दिन आउँनेलाई गल्यात्याएको बताए । उनले भने,‘ म चुनौतीका साथ भन्दछु मुलुकका लागि प्राण आहुतीमा राखेर २४ घण्टा आहुती दिन तयार मान्छे हो म । मैले मन्त्री खादा घुस दिन आउने मान्छे बोडिगाड लगायर घोक्या्रउन लगाउने मान्छे हो म । हामिले अनिमियता जानेनौं । तर अहिले अनियमतता बढेको छ । पदमा रहेर लुटेकाछन् । , अख्तियार प्राशासन अदालत कब्जामा राखेर तर्साएका छन् । जमिन लुटेका छन् । सम्पति लुटेका छन् । अस्मिता इजत लुटेका छन् । यिनका हर्कतका बारेमा जनता सचेत हुन जरुरी छ ।’

माननीय सकिएपछिका उदारा मन्त्री

कांग्रस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलायरले संसद विघटन पछि माननीय सकिएपछि मन्त्री भएकाहरु उदारा मन्त्री भएको बताए । असंवैधानिक तवरबाट संसद विघटन गर्न नमिल्ने, संसद विघटन भैहाल्यो भने सरकार कामचलाउ हुने र माननीय नरहने बताउँदै संसद विघटन पछि असंबैधान, गैरकानुनी बाटोबाट मन्त्री भएकाहरु उदारा मन्त्री भएको बताएका हुन् ।

माननिय सकिएपछि मन्त्री हुने उदारा मन्त्रीहरु नै आज ठुला कुरा गरिरहेको बताउँदै बलायरले पद रहे पनि नरहे पनि कम्युनिष्टले देश र जनता लुटीरहेको आरोप लगाए । बलायरले भने,‘आज करौंडौं रुपैया कहाँबाट आयो ? पदमा भएका नभएका मन्त्री भएका नभएकाहरुले देश र करोडौं रुपंैयाहरु लुटिरहेकाछन् । जनताका लागि आएको रकम लुटेर खादैछन् । त्यसैले यिनिहरु पापी हुन् । लुटेरा हुन् । यिनले लुटेर खादैछन् । यिनिहरु देशका लागि मुलुकका लागि लुटेरा हुन् पापी हुन् । पापिस्ट हुन् डकैती हुन् । जनताको अधिकार, जनताका नामका आएको अधिकार बाडेर खादैछन् । यो मुलुकका लागि देशका लागि जनताका लागि ठुलो अपमान, घोर आपत्तिजनक कार्य र धेरै ठुलो पाप हो ।’

१७ हजार किन मारेको

पूर्वमन्त्री बलारले अब जनतालाई १७ हजार नेपाली किन मारेको जवाफ लिने बेला आएको बताए । उनले १७ हजार मारेर आउने एउटा, सुतेको मान्छेको घाँटी रेटेर आउँने अर्को दुबै जना अपारी भएको बताए ।

प्रचण्ड लगायतका नेतालाई अहिले पनि विश्वमा स्वतन्त्र रुपमा घुम्नसक्ने वातवरण नरहेको बताउँदै बलायरले भने,‘ अब जनातालाई भन्नु पर्छ १७ हजार मार्नेले १७ हजार किन मारेको हो ? तिम्रा मुद्धाहरु अझै बाँकीछन् । आज अझै मुक्ति पाएको छैन , विश्वभरी घुम्ने सक्ने अवस्था छैन । युरोप गएपछि प्रचण्ड फर्किने अवस्था छैन । अन्तराष्ट्रिय अदालत र जेल भित्र जान्छौं ।’

कांग्रसले अपाराधीबाट मान्छे बनाउँन गिराजा प्रशाद कोईराला लगातका नेताले जंगलबाट घर ल्याएको स्मरण गर्दै उल्टै कांग्रेसलाई धोका दिएको बलायरले बताए । उनले कांग्रेस जनता र देश कम्युनिष्टसँग तर्सेका कारण अब उप्रान्त कुनै पनि सहकार्य नहुने बताए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एक सय ५० बढी नेता कार्यकर्ता कांग्रेस प्रवेस गरेको नेपाली कांग्रेस डोटीका उपसभापति लक्ष्मण सिंहले जानकारी दिए । प्रवेस गर्नेमा तत्कालिन नेकपा मोओबादीबाट वडाअध्यक्षका उमेदबार रहेका नेता लगायत युवाहरुको जमात प्रवेस गरेको हो ।

नव प्रवेसीहरुलाई केन्द्रीय सदस्य बलायर, उपसभापति सिंह लगायतका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए । केन्द्रीय सदस्य बलायर केही दिन आदर्श गाउँपालिकामा भेटघाट तथा घरदैलो कार्यक्रममा रहने कांग्रेसले जनाएको छ ।

डोटी कांग्रेसले आज जिल्लाका नौ वटै स्थानीय तहहरुमा मेलमिलाप दिवसको अवसर पारेर कार्यक्रम गरेको छ । यसै बीच आजैबाट क्रियाशिल सदस्यता वितरण तथा नविकरणको कार्य पनि सुरु गरेको जनाएको छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ पुष १७

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP