मेष राशि: गृह सुख मिल्नेछ । कार्य क्षेत्रमा उन्नतिका साथै यात्राका योग पनि देखन्छिन् । मन नया कार्यमा प्रवृत्त रहने आजको राशिफल रहेको छ ।
वृष राशिः व्यवसायमा वृद्धि हुनेछ । कार्य क्षेत्रमा उन्नतिका साथै पारिवारिक सुखका योग देखिन्छन् । मित्र पक्षको साथ सहयोगले दिन सार्थक रहनेछ ।
मिथुन राशिः पराक्रम बढ्नेछ । भौतिक वस्तुकबाट लाभ रहनुका साथै यात्राका योग पनि देखिन्छन् । धार्मिक एवं आध्यात्मिक चिन्तनमा मन प्रवृत्त रहने आजको राशिफल रहेको छ ।
कर्कट राशिः दिन कार्यदायी रहनसक्नेछ । ग्रहबल कमजोर रहने भएकाले खर्चमा वृद्धिका साथै शत्रुपक्षबाट पनि भय रहनसक्ने देखिन्छ । अनन्त भगवान्को उपासना आज लाभप्रद रहनेछ ।
सिंह राशिः आर्थिक लाभ हुनेछ । मित्र सुख मिल्नुका साथै जलीय वस्तुबाट लाभ हुनेछ । प्रेममा पारख बढ्नुका साथै कला मनोरञ्जनमा चाख रहने आजेको राशिफल रहेको छ ।
कन्या राशिः कार्य लाभ हुनेछ । आर्थिक उन्नतिका साथै यात्राका योग पनि देखिन्छन् । अध्ययन अध्यापनमा पनि सफलता मिल्ने आजको राशिफल रहेको छ ।
तुला राशिः प्रिय लाभ हुनेछ । कान्ति वृद्धिका साथै कला मनोरञ्जनमा चाख बढ्र्ने देखिन्छ । विद्याको क्षेत्र लाभदायी रहनुका साथै प्रेममा पनि पारख बढ्ने आजको राशिफल रहेको छ ।
वृश्चिक राशिः शत्रु पक्ष आज सबल रहनेछन् । कार्य क्षेत्रमा संघर्षका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै आज लाभप्रद रहनेछ ।
धनु राशिः व्यवसायमा वृद्धि हुनेछ । मित्र पक्ष सबल रहने भएकाले कार्य क्षेत्र पनि प्रभावकारी बन्ने देखिन्छ । खेल एवं मनोर।ञ्जनको क्षेत्र आज रुचिकर रहनेछ ।
मकर राशिः वृत्ति लाभ हुनेछ । कार्य क्षेत्रमा उन्नतिका साथै यात्राका योग पनि देखिन्छन् । भौतिक वस्तुबाट लाभ रहनेछ । प्रेम जीवन पनि आज सार्थक बन्ने देखिन्छ ।
कुम्भ राशिः मिष्ठान्न लाभ हुनेछ । शारीरिक स्फुर्तिका साथै कला मनोरञ्जनमा चाख बढ्ने देखिन्छ । विद्याको क्षेत्र आज लाभदायी रहनेछ ।
मीन राशिः ग्रहबल कमजोर रहेकाछन् । शारीरिक आलश्यताका साथै कार्य प्रभावकारितामा पनि कमी रहनेछ । अनन्त भगवानको उपासनाले आजको दिन शुभ फलदायी बन्ने देखिन्छ ।
दिपायल- डोटीमा रहेको धार्मिक स्थल गहनानमा महायज्ञ लगाउने तयारी भएको...