महामारीले जनजीवन अस्तव्यस्त हुनुका साथै त्रस्त तुल्याएको छ भने निकट भविष्य झन् अँधकार देखिन्छ किन कि नेपालको आधा जनशक्ति विदेशमा छ खास गरी युवा पुस्ता मध्ये ८० % वैदेशिक रोजगारका निमित्त नेपाल भन्दा बाहिर रहेको छ जसले गर्दा नेपालको अर्थ व्यवस्थालाई धानेको पनि छ ।
हरेक गाउँ बस्ति र शहरबाट पलायन हुने नेपालीहरुको सही तथ्यांक त नेपाल सरकारले दिन सक्दैन होला किन कि हाम्रो छिमेकी राष्ट्र भारतमा जाने नागरिकहरुको कुनै तथ्यांक राख्ने परम्परा नै छैन , परापूर्व काल देखि नै नेपाल र भारतको सम्बन्ध मैत्रीपूर्ण हुनुका साथै समान सभ्यता र संस्कृतिका कारण सहज र सुगम बन्दै आएको हामीलाई अवगत नै छ । कोरोना महामारीका कारण आजको परिस्थिति अनुकुल कदापि छैन ।
सम्पूर्ण राष्ट्रले विदेशबाट आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता लिने पहल गर्नुका साथै यस रोगबाट बच्ने उपाय सँगै रोकथाम र उचित व्यवस्थापन गर्ने तयारी पनि गरेका छन् । यस जटिल परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले पनि आफ्ना नागरिकहरुको सुरक्षा सुनिश्चित गरी विदेशमा अलपत्र परेका अथवा कार्य अवधी समाप्त भएका र भिविन्न कारणबाट पिडीत भएका सम्पूर्ण नेपालीलाई स्वदेश फिर्ता हुने वातावरण को सृजना सँगै वाहाँहरुको स्वास्थ्य र धनमालको सुरक्षा सुनिश्चित गर्न गराउन विभिन्न निकाय र मंत्रालय लाई निर्देशन दिने कुरामा जोड दिन आग्रह गर्न चाहन्छु ।
तत्पश्चात नेपालको अर्थ व्यवस्था सबै भन्दा ठूलो चुनौती हुनेछ । यसको लागि सरकारले तत्पर रहन आग्रह गर्नुका साथै नेपालमै योजना हरू ल्याएर शीप सिकेर आएका युवाहरुलाई सुनौलो अवसर प्रदान गरी नेपाल मै लगानी र उत्पादन को माहोल तयार पारी उत्साह बढाउनुका साथै प्रोत्साहन दिने कार्य गर्नु पर्दछ । हैन भने भोलीको अवस्था दयनीय र भयानक हुने कुरामा दुई मत छैन ।
Ojha Ramchandra Raj सुदूरपश्चिमेली नेपाली समाज -अंतरराष्ट्रीय केन्द्रीय समिति द्वितीय उपाध्यक्ष
युक्रेनमा ११ जना नेपाली बन्दी रुसी सेनामा कार्यरत नेपालीमध्ये हालसम्म...