२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

शिलापत्र घोचोमा अड्याएर उद्घाटन

नरजन तामाङ/हुम्ला- शिलापत्रलाई काठको टेकोले अड्याएर स्वास्थ्य सेवा कार्यालय, हुम्लाको भवन उद्घाटन गरिएको छ । कर्णाली प्रदेशका प्रमुख गोविन्द कलौनीले स्वास्थ्यको भवन उद्घाटन गरेका हुन् । 

संघीय सरकारको बजेटमार्फत निर्माण भएको स्वास्थ्य कार्यालयको भवन दुई साताअघि उद्घाटन गर्ने तयारी भएको थियो । तर, नेकपाभित्रको विवादले प्रदेशका सामाजिक विकासमन्त्री दल रावलको पद जाने हल्ला चलेको थियो । जसले गर्दा भवन उद्घाटन कार्यक्रम रोकिएको थियो । 

नेकपाभित्रको विवाद साम्य भएपछि मन्त्री रावल एकाएक हुम्लाको भ्रमण आएका थिए । उनी आएपछि फेरि स्वास्थ्य कार्यालय भवन उद्घाटन गर्ने कार्यक्रम बनेको एक कर्मचारीले बताए । भवन कसले उद्घाटन गर्ने भन्ने मंगलबार दिउँसोसम्म तय भएको थिएन । 

भवन उद्घाटनका लागि मंगलबार साँझ प्रदेश प्रमुख कलौनी आउने तय भएपछि एकाएक शिलापत्र तयार गरिएको ती कर्मचारीले बताए । जसले गर्दा भवनको मुख्य प्रवेशद्वारमा काठको टेको लगाएर शिलापत्र राखिएको हो । प्रदेश प्रमुख कलौनीले बुधबार त्यही शिलापत्र ढाकिएको कपडा हटाएर भवनको उद्घाटन गरेका हुन् । 

पुरा समाचार पढ्नुहोस्

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ कार्तिक २८

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP