२०८१ चैत्र ७, बिहीबार
March 20, 2025, Thursday

दैनिक ३ करोडभन्दा बढीको बिजुली खेर जाँदै

काठमाडौं । यो साता केही दशैंका कारण विद्युतको माग धेरै कम भयो । सामान्यतयाः दशैंका बेलामा यसरी बिजुलीको मागमा भारी कमी आउँछ ।

दशैंका कारण दिनमा ३० लाख युनिटभन्दा बढी बिजुली खेर (स्पिल) जाँदैछ । अहिले दैनिक ३ करोडको बिजुली खेर जाँदा नेपाल विद्युत प्राधिकरणसँग न तत्कालै खपत बढाउने न कुनै विकल्प छ, न त भारत नै पठाउन सकिने अवस्था नै ।

प्राधिकारणको भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईका अनुसार अहिले दिउँसो २०० मेगावाट राती ३ सय मेगावाटसम्म बिजुली खेर गइरहेको छ ।

बिहान र बेलुकाको पिक समयमा भने अधिकतम् रुपमा नेपालबाट उत्पादित सबै बिजुली उपयोग हुन्छ । थोरै परिमाणका मात्रै भारतबाट बिजुली ल्याउँदा पिक आवरको माग धानिन्छ ।

भट्टराईका अनुसार हिजोआज साँझको पिक आवरमा १२ सय मेगावाटसम्म बिजुलीको माग छ । दिउँसो ७ सय मेगावाटसम्म माग हुन्छ । राति ५ सय देखि साढे ५ मेगावाटमा झर्छ ।

हरेक घण्टा बिजुलीको मागको ‘परिमाण’ परिवर्तन हुने हुँदा घरी भारतबाट बिजुली ल्याउनुपर्ने, घरी भएको पनि खेर फाल्नुपर्ने बाध्यता छ । बिहारमा बिजुली आदानप्रदान गर्न सकिने भएपनि यो वर्ष बिहार सरकारले पनि बिजुली लिन चासो देखाएको छैन ।

प्राधिकरणलाई यसरी खेर गइरहेको बिजुली अहिले सबभन्दा चिन्ताको विषय बनेको छ । प्राधिकरणलाई अबको केही हप्ता खपत र निर्यात नभएर खेर जाने बिजुलीको व्यवस्थापन समस्याको विषय बन्ने देखिएको छ ।

पुरा समाचार पढ्नुहोस्

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०७७ कार्तिक १२

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP