२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

चीनतर्फका दुई मुख्य नाका ठप्प

केरूङमा १२ सय र खासामा डेढ सयभन्दा बढी कन्टेनर अलपत्र, ९ महिनादेखि ल्याउन नपाउँदा सामानहरु उतै सड्दैहामी पानीजहाज र रेलका कुरा गर्छौं, तर खरिद गरेको सामान ल्याउन पाइएन । – कुमार कार्की – अध्यक्ष, नेपाल व्यापार संघकोरोना भाइरसलाई लिएर हामी सतर्क हुनु आवश्यक छ, यसबारे नेपालको परराष्ट्र मन्त्रालयसँग सहकार्य गरिरहेका छौं । – प्रवक्ता, चिनियाँ दूतावास

ऋषिराम पौड्याल / कान्तिपुर

काठमाडौँ — सिन्धुपाल्चोकका व्यवसायी बलराम पराजुलीले रसुवागढीबाट भित्र्याउन खरिद गरेका तयारी पोसाक र जुत्ता चीनको केरुङ गोदाममा थन्किएको नौ महिना बितेको छ । ‘आउट अफ फेसन’ भइसकेकाले सवा करोड रुपैयाँका ती सामान सबै बजारमा बिक्ने आस पराजुलीले मारिसकेका छन् ।

रामेछापका व्यवसायी नवीन थापाले खरिद गरेको झन्डै २ करोड रुपैयाँका चार कन्टेनर सामान ६ महिनादेखि केरुङको गोदाममा छ । हार्डवेयर, मोटर पार्ट्स, लुगाफाटालगायत सामान अड्किएका हुन् । उनले भने, ‘धेरै सामान काम नलाग्ने भइसके ।’

बलराम र नवीनजस्ता सयौं व्यवसायीका अर्बौं मूल्यका १२ सय कन्टेनर सामान केरुङमा अलपत्र छन् । चीनसँग जोडिएको अर्को पुरानो नाका तातोपानीपारि खासामा पनि नेपाली व्यवसायीका डेढ सयभन्दा बढी कन्टेनर सामान थन्केको ६ महिना बितेको छ । भन्सारका एक नेपाली मजदुरलाई कोरोना पोजिटिभ देखिएपछि चीनले दुई सातादेखि रसुवागढी नाका बन्द गरेको हो । अर्को नाका तातोपानीलाई विस्फोटको जोखिममा रहेको करिब ३५ किमिमाथि चीनतर्फको ‘क्यानोन कु’ तालको पानी घटाउने भन्दै बन्द गरिएको हो ।

केरुङमा सामान अलपत्र पर्न थालेको गत वर्ष पुसबाटै हो । गत जेठमा रसुवागढी नाका खोलिए पनि विभिन्न बहानामा चिनियाँ पक्षले दुई पटक बन्द गरिसकेको छ । गत जेठयता करिब एक महिनामात्रै उक्त नाका सञ्चालन भएको व्यवसायीको भनाइ छ ।

तिब्बतको नेलाम काउन्टीले सीमा क्षेत्रका आफ्ना नागरिकलाई सूचना जारी गरेर तातोपानीबाट हुने व्यापारिक कारोबार बन्द गरेको घोषणा गरेपछि खासामा कतिपय सामान सडकमा त्रिपालले छोपेर राखिएका छन् । सामान रेखदेख गर्न सीमापारि जाने अनुमति नेपालीलाई छैन । नेपाल हिमालय सीमापार वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुबहादुर खत्रीका अनुसार, भूकम्पपछि नेपाली व्यवसायीलाई खासा प्रवेश गर्नै दिइएको छैन । ‘आफ्नो सम्पत्ति सडकमा कुहिएर जाँदा पनि चुप लागेर बस्नुको विकल्प छैन,’ उनले भने ।

पुरा समाचार पढ्नुहोस्

Related News

IUJ ले नेपालमा प्रेस स्वतन्त्रता खस्कँदै गएको भन्दै चिन्ता व्यक्त
IUJ ले नेपालमा प्रेस स्वतन्त्रता खस्कँदै गएको भन्दै चिन्ता व्यक्त
  • २०७७ आश्विन ३

IUJ ले नेपालमा प्रेस स्वतन्त्रता खस्कँदै गएको भन्दै चिन्ता व्यक्त...

TOP