२०७७ मंसिर १९, शुक्रबार
December 4, 2020, Friday
संविधान दिवस विशेष

संघर्षमा संविधान

भाषा शर्मा /नागरिक

काठमाडौँ – ‘विश्वकै लोकतन्त्र अविश्वसनीय राजनीतिक नेताहरूबाट शासित हुने बाध्यताबाट ग्रसित छ। जनतालाई कसरी मुक्ति दिलाउने भन्ने विश्वकै ठूलो समस्या हो’, अमेरिकी चिन्तक नोम चोम्स्कीले भनेका छन्। उनी अमेरिकी राजनीतिक प्रणालीका कटु आलोचक हुन्।

नेपालमा नयाँ संविधान बनेको पाँच वर्ष पुगेको छ। नयाँ संविधान आएपछि देशमा केही बदलिँदो शासन पद्धतिको आशा जनताले गरेका थिए। तर नेपाल कम्युनिस्ट पार्टीको झन्डै दुईतिहाइ बहुमतको सरकारका काम, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भूमिका चोम्स्कीको भनाइसँग मेल खाँदैछन्।

वर्तमान समस्याप्रति सरकार गम्भीर छैन। सरकार भागबन्डामा अल्झिरहेको छ। कोरोना महामारीका कारण स्वास्थ्य र रोजगारीको हक कुण्ठित हुने खतरा बढ्दैछ। दुवै अधिकार संविधानको मौलिक हकमा राखिएका छन्। तर सरकारले स्वास्थ्य र रोजगारीलाई खासै ध्यान दिएको देखिँदैन। संविधानमा लेखिएका आयोग रित्ता, अपूरा छन्। भ्रष्टाचार बढ्दो छ। सर्वोच्च अदालतका फैसला कार्यान्वयन हुन सकेका छैनन्। आयोग÷संस्थामा नियुक्तिका लागि दौडधुप, आफ्ना मान्छे राख्ने चलखेल छ।

राजनीतिक दलकै कारण नयाँ संविधानले कार्यान्वयनका लागि संघर्ष गरिरहेको विज्ञहरूको मूल्यांकन छ। चोम्स्कीको भनाइसँग नेपालको संविधान कार्यान्वयनको अवस्था मेल खाइरहेको संविधानविद् डा. सूर्य ढुंगेल बताउँछन्। उनी संविधान कार्यान्वयन फितलो हुनुको दोष राजनीतिक दललाई दिन्छन्। उनका अनुसार संविधान कार्यान्वयनमा सरकारले ध्यान दिनुपथ्र्यो तर त्यसो हुन सकेको छैन। सरकारमा भएका राजनीतिक दल, मुख्य प्रतिपक्षसमेत आन्तरिक पावर सेयरिङमा अल्झेको ढुंगेलले बताए। ‘राम्रोसँग लागू गर्ने प्रयास नै नभएकाले संविधानले संघर्ष गरिरहेको छ। संविधानको बाटोमा कति काम हुन्छ भन्ने राजनीतिक दलहरूमा भर पर्छ।’ राजनीतिक दलहरूमा काम गर्ने प्रतिबद्धता नभएको ढुंगेलको टिप्पणी छ।

नेपालमा नयाँ संविधान जारी भएको पाँच वर्ष पुगेको छ। तर राजनीतिक दलका कारण नयाँ संविधानले कार्यान्वयनका लागि अझै पनि संघर्ष गर्नुपरेको विज्ञहरूको मूल्यांकन छ।

संस्थाहरूकै काम हेर्दा कुन बेला संसद्मा विधेयक ल्याउने, कुन बेला अध्यादेश ल्याउने भन्ने विषयमा समेत संविधानको भावनाअनुसार काम हुन नसकेको ढुंगेलको टिप्पणी छ। सरकारले भएका सबै संस्थालाई क्रियाशील गराउन खोजिरहेको छैन। तत्काल समाधान गर्नुपर्ने जनताका समस्याप्रति कुनै ध्यान नदिएको ढुंगेलले बताए। ‘जनताले चुनेको सरकार संविधानप्रति प्रतिबद्ध छैन। देश कता लाग्ने हो भन्ने चिन्ता छ। नेताहरु सुतेका छन्’ उनको भनाइ छ, ‘न्यायपालिका, कार्यपालिका, व्यवस्थापिकाको अवस्था सन्तोषजनक छैन।’

उनले दुईतिहाइको सरकार हुँदाहुँदै पनि कोरोना संक्रमणको अवस्था नियन्त्रण गर्न नसकेको बताए। भारतबाट फर्केर आएकाहरू खानको समस्याले फेरि भारत फर्कंदैछन्। प्राकृतिक विपत्ति बाढीपहिरोबाट ज्यान गुमाएका छन्। अन्य देशमा संकट पर्दा लाखौं मान्छेलाई तत्काल व्यवस्था गर्छ। तर हाम्रोमा मन्त्री, नेताहरू हेलिकोप्टरमा पहिरो घुमेर फर्कन्छन्।

पुरा समाचार पढ्नुहोस्

Related News

डोटीबाट प्रकाशित आजको दिपायल पोष्ट दैनिक
डोटीबाट प्रकाशित आजको दिपायल पोष्ट दैनिक
  • २०७७ आश्विन ३

२०७७ मंसिर १७ पत्रिका पढ्न यहाँ क्लिक गर्नुस् →

डोटीबाट प्रकाशित आजको नेपालपथ दैनिक
डोटीबाट प्रकाशित आजको नेपालपथ दैनिक
  • २०७७ आश्विन ३

पत्रिका पढ्न यहाँ क्लिक गर्नुस् →

नेकपा नेता पुरीका नाममा भेटियो थप १४ बिगाहा सरकारी जग्गा
नेकपा नेता पुरीका नाममा भेटियो थप १४ बिगाहा सरकारी जग्गा
  • २०७७ आश्विन ३

खिलानाथ ढकाल– झापा दमकका नेकपा नेता रेवतराज पुरी ‘गगन’ले थप १४ बिगाहा सरकारी जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेको भेटिएको...

TOP