२०७९ मंसिर १६, शुक्रबार
December 2, 2022, Friday

महामारीमा कालोबजारीः मूल्य चढ्यो आकाश, निचोरिँदै जनता

अघिल्लो वर्षको लकडाउनमा राजधानीमा तरकारीको मूल्य निकै घटेको थियो ! सर्वसाधारणले यसपालि पनि त्यही सोचेका थिए ! तर, भयो उल्टो ! यसबीच उपभोक्ता ठग्न पल्किएका कालो बजारियाले यसपालि साबिकभन्दा बढाएका छन् ! 

गाउँमा किसानले मूल्य पाएका छैनन् ! तरकारी कुहेका र फालिएका छन् ! कौडीका भाउमा उठाएर ल्याउने व्यापारीले सहरमा उपभोक्तालाई निचोरेर मूल्य लिइरहेका छन् ! यसको वास्तविक अनुगमन भएको भने पाइएको छैन ! 

खाद्यान्न र अन्य उपभोग्य वस्तुको हालत उस्तै छ ! महामारीलाई दुरुपयोग गर्दै सबैजसो सामानको अस्वाभाविक र असामयिक मूल्य बढेको छ ! बजारमा अहिले माग घटेको छ ! यस्तो अवस्थामा मूल्य घट्नुपर्ने हो ! तर, अत्यधिक नाफा खाने मोहमा झन् बढाइएको छ ! यो छाडापनमा राज्य भने मौन बसेको छ ! महामारीका कारण उत्पन्न संकटलाई मौकाको फाइदा उठाउँदै कार्टेलिङ र कालोबजारीका कारण मूल्य र गुणस्तरमा सर्वसाधारण ठगिनुका साथै महँगीको मारमा परेका हुन् ! निषेधाज्ञापछि स्वास्थ्य उपचार, औषधि, दैनिक उपभोग्यका सामग्री खाद्यान्न, इन्धन, तरकारीलगायतमा चर्को मूल्यवृद्धि गरी आम उपभोक्तालाई सकेसम्म यस्ता समूहले उखु निचोरेजस्तै निचोरेका छन् ! सरकारको कमजोर नीतिका कारण बजारमा यस्तो अवस्था सिर्जना भएको उपभोक्तावादीहरूले औंल्याएका छन् ! यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

Related News

धनगढीमा ८ राउन्ड हवाई फायर, दर्जन बढी विद्यार्थी पक्राउ
धनगढीमा ८ राउन्ड हवाई फायर, दर्जन बढी विद्यार्थी पक्राउ
  • २०७८ जेष्ठ ९

कैलाली- स्थानीय प्रशासनले निषेध गरिएको क्षेत्रमा विद्यार्थीले आन्दोलन गरेपछि भीडलाई...

TOP