कैलाली- थरुहट थारुवान राष्ट्रिय मोर्चाले भोली (बिहिबार) देखि आन्दोलन गर्ने भएको छ । मोर्चाले टीकापुर घटनाका बारेमा उच्च अदालत दिपायलको फैसला बिरुद्ध आन्दोलन गर्ने जनाएको छ ।
तराईका जिल्लाहरुमा पुस १६ देखि फागुन २ गतेसम्मका लागि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको मोर्चाका कावा संयोजक श्रवण थारुले बताए ।
‘नेपाल सरकारसँग अविलम्ब थरुहट राजबन्दीको निशर्त रिहासँगै १४ बुदे माग मुद्धा तथा भए गरिएका सहमित सम्झौताहरु अक्षरशः कार्यान्वयन गराउन जोडदार माग गर्दै आन्दोलनमा जान बाध्य भएको थरुहट थारुवान राष्ट्रिय मोर्चाले जनाएको छ ।
घोषित संघर्षका कार्यक्रममा पुस १७ गते टीकापुर घटनाको बारेमा उच्च अदालतल गरेको फैसलाको बिरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र पुस १९ गते तराईका सबै जिल्ला सदरमुकाममा कालो पट्टी बाधेर बिरोध प्रदर्शन गर्ने जनाएको छ ।
त्यस्तै पुस २० गते कन्चनपुरको महेन्द्रनगर र २१ गते कैलालीको धनगढी सहित तराईका सबै जिल्लामा माघ १७ गतेसम्म बिरोध सभा गरिने मोर्चाले जनाएको छ ।
माघ १९ गते तराईका सबै जिल्ला प्रशासन कार्यालयमा घेराउ प्रदर्शन र ज्ञापनपत्र बुझाउने, माग पुरा गराउन दवावका लागि सरकारका हरेक काममा असहयोग गर्ने, राजनैतिक दल र नेताहरुसँग लबिङ गर्ने, प्रधानमन्त्री र मन्त्रीहरुलाई तराईका जिल्लामा निषेध गर्ने र कालोझण्डा प्रदर्शन गर्ने कार्यक्रम मोर्चाले घोषणा गरेको छ ।
उच्च अदालत दिपायलले पुस २२ गते टीकापुर घटनामा दोषी ठहर गर्दै संघीय सांसद रेशम चौधरीको आजीवन जेल सजाय सदर गरेको थियो भने यसअघि कैलाली जिल्ला अदालतबाट तोकिएको जेल सजाय भोगिसकेका लक्ष्मण चौधरीलाई आजीवन कैदको सजाय सुनाएको थियो । त्यस्तै राम प्रसाद चौधरीलाई छ बर्ष कैदको सजाय उच्च अदालतले सुनाएको थियो ।
दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...