२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

संसद् विघटनको असंवैधानिक कदमविरुद्ध आज कांग्रेसले देशभर प्रदर्शन गर्दै

काठमाडौं- बहुमत प्राप्त सरकारले हठात संसद्‌ विघटन गरेपछि देशभर विरोधहरु भइरहेका छन् । सोमबार नेपाली कांग्रेसले संसद्‌ विघटन गरेर असंवैधानिक कदम चालेको भन्दै देशभर प्रदर्शन भइरहेको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते संसद् विघटन गरेपछि ६ गते नै पदाधिकारी बैठकबाट सो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख भनेको कांग्रेसले सोमबार देशभर प्रदर्शन गर्न लागेको हो ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सरकारको असंवैधानिक कदमविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबार देशभर प्रदर्शन भइरहेको छ । सभापति शेरबहादुर देउवाले आइतबार वक्तव्य जारी गरी कांग्रेसले सर्वसम्मतिबाट आन्दोलनमा जाने निर्णय गरेको भन्दै उत्साहजनक सहभागिताका लागि अपिलसमेत गरेका छन् ।

सभापति देउवाले शनिबार जारी गरेको अपिलमा भनिएको छ, “संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्णरुपले एकमतसाथ उभिएको छ । जारी केन्द्रीय कार्यसमितिमा म आफैँले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर केन्द्रीय कार्यसमितिको निर्णयपश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ ।”

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम्विरुद्ध सहभागी हुन पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रप्रेमीलाई अपिलसमेत गरेका हुन् ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ पुष १३

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP