बागलुङमा ‘योगदान रास्ट्रको लागि’ समिति गठन
बागलुङ – बागलुङमा योगदान रास्ट्रको लागि जिल्ला कार्य समिति गठन गरिएको छ । जिल्लाको गलकोटमा भएको एक भेलाले ‘प्राथमिक उपचार हाम्रो सरोकार’भन्ने मुल नारा सहित योगदान रास्ट्रको लागि जिल्ला समिति गठन गरेको हो ।
भेलाले दिपेश विसीको अध्यक्षतामा २१ सदस्यीय योगदान रास्ट्रको लागि जिल्ला समिति गठन गरेको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा प्रेम रोकामगर, उपाध्यक्ष फुलमाया पुन, महासचिवमा रुपा विश्वकर्मा, सचिवमा मिनु विसी, सहसचिवमा नारायण बिश्वकर्मा, कोषाध्यक्षमा सुनिल रोका, सह–कोषाध्यक्षमा निसा श्रीस चयन भएका छन्।
सदस्यहरुमा सुनिल बोहरा, राजन पाइजा, पशुराम बोहोरा, प्रर्मिला बिश्वकर्मा, हेम सिर्पाली, अनिल कुमार विश्वकर्मा, हिरा पुन, राज कुमार बोसेल, दिपक सुनार, प्रदीप थापा, सुरेश विक, हरिकला सुनार र भिमकुमारी सुनारलाई चयन गरिएको छ। त्यस्तै समितिको बरिस्ठ सल्लाहकारमा धिरेन विश्वकर्मा चयन भएका छन् ।
नेपालमा प्राथमिक उपचार सम्बन्धि ज्ञान, देशमा आइपर्ने बाढी पहिरो, माहामारी दुर्घटना तथा आपतकालिन अवस्थामा जनशक्तिको विकास गरेर स्वतन्त्र स्वयंसेवक खडा गरि समृद्ध समाज निर्माणलाई टेवा दिन सामाजिक संस्था गठन गरिएको जनाइएको छ ।
कार्यक्रम समाजसेवी दिपेश विसीको अध्यक्षता तथा जिल्ला समुन्नत समिति बाग्लुङका सदस्य रुपा विश्वकर्माको प्रमुख आतिथ्यता संयुक्त दलित सञ्जाल बाग्लुङका अध्यक्ष धिरेन बिश्वकर्माको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने सञ्चारकर्मी मिनु विसीले गरेका थिए ।
डोटी– सुजंङ्ग अस्पताल राजपुर डोटीले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालले विशेषज्ञ डाक्टर सेवा सँगै नियमित स्वास्थ्य...
डोटी– डोटी जेसिजको अध्यक्षमा विजयराज ओझा सर्वसहमत चयन भएका छन् । डोटी जेसिजको आठौं जिल्ला अधिवेशनबाट ११ सदस्यीय कार्यसमिति चयन...
डोटी– नेपाली कांग्रेस डोटीका उप–सभापति लक्ष्मण सिंहले कम्युनिष्टका दिन सकिएको बताए । नेपाली कांग्रेस शिखर नगरपालिकाले संसद विटनका विरुद्ध नगरमा...