
डोटी – डोटी अस्पतालको आइसोलेसनबाट भागेका बलात्कार हत्या अभियोगी किशोर पुनः पक्राउ परेका छन् ।बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका किशोर डोटी अस्पतालको आइसोलेसनबाट भागेका थिए ।
बझाङकाे मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना बिकको हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भएका १६ वर्षीय राजेन्द्र बोहोरालाई पूर्वीचौकी गाउँपालिकाको सानागाँउ बाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्ललेका अनुसार अभियोगी किशोरमा कोरोना पोजेटिभ देखिएपछि बाल सुधार गृहबाट अस्पतालको आइसोलेसनमा भर्ना गरिएकाे थियो ।
बोहोरा गत असोजमा बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका थिए। उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो। तर उमेर कम भएका कारण बोहोरालाई बाल सुधार गृहमा राखिएको थियो।
बोहोराले सम्झनाको हत्या गर्नु पूर्व मष्टाकै १४ वर्षीया बालिकामाथि समेत जबरजस्तीकरणी गरेको घटना सार्वजनिक भएको थियो।
सो घटनामा गाउँमै मिलापत्र गराउने ८ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो। उनीहरु धरौटीमा छुटेका छन्।
दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...