२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

उपमेयरलाई गाडीभित्रै जिउँदै जलाउने प्रयास

फाइल तस्विर

उपमेयरलाई गाडीभित्रै जिउँदै जलाउने प्रयास भएको छ ।

झापाको मेचीनगर नगरपालिकाकी उपमेयर मिना उप्रेतीलाई आज दिउँसो चारआली चोक नजिक गाडीभित्रै जलाउने प्रयास भएको छ।

उनी चढेको मे१झ १७२ नम्बरको गाडी मेचीनगर-१३ चारआलीचोकबाट करिव पाँच सय मिटर पूर्व अज्ञात समूहले जलाउने प्रयास गरेको झापा प्रहरी प्रवक्ता राकेश थापाले बताए।

दिउँसो नेपाल आयल निगमको चारआलीस्थित डिपो कार्यालयमा भएको कार्यक्रममा सहभागी भएर ईटाभट्टास्थित नगरपालिका कार्यालय फर्किंदै गर्दा बाटोमा रोकेर जिउँदै जलाउने प्रयास भएको थियो।

प्रहरी प्रवक्ता थापाका अनुसार उनी आयल निगमको कार्यक्रममा सहभागी भएकी थिइन्।

प्रहरीले आगो लगाउनेको पहिचान भइसकेको र तत्कालै पक्राउ गर्ने जनाएको छ। मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले उपप्रमुख सकुशल रहेको बताए। उनले प्रयोग गरेको गाडी पनि क्षति हुनबाट जोगिएको छ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ मंसिर १८

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP