२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

सभा, जुलुश र भीडभाड गर्न निषेध

राजनीतिक वा अन्य माग राखेर भीडभाड गर्नेलाई कारबाही गरिने

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुश, प्रदर्शन तथा अभियानका नाममा भीडभाड नगर्न निर्देशन जारी गरेको छ। 

जिप्रकाले आज मंगलबार सूचना जारी गर्दै राजनीतिक वा अन्य माग राखेर भीडभाड गर्नेलाई स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐनअनुसार कारबाही गरिने जनाएको छ।

कोभिड–१९ नियन्त्रणमा नआइसकेको र भीडभाड गर्दा महामारीले भयावह रुप लिन सक्ने भन्दै यस्तो आदेश जारी गर्नुपरेको सूचनामा उल्लेख छ।

पछिल्लो समय राजतन्त्र तथा हिन्दू राष्ट्र पक्षधर तथा संघीयता  विराेधीहरूले संगठित रूपमै विराेध प्रदर्शन गरिरहेका छन्।

हिजोमात्रै माइतीघरमा राजतन्त्र तथा हिन्दू राष्ट्र पक्षधरले जुलुश निकालेका थिए। २० मंसिरमा पनि काठमाडाैंमै प्रदर्शनकाे तयारी रहेकाे बताइएकाे छ। 

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ मंसिर १६

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP