२०७८ माघ ३, सोमबार
January 17, 2022, Monday

बैतडीमा फेरि अर्को दुर्घटना : चालककाे मृत्यु

बैतडी– बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–४ जोलाबाँजमा शुक्रबार दिउँसो ट्रयाक्टर दुर्घटना हुन्दा बर्दियाको बारबर्दिया नगरपालिका–८ का अन्दाजी ३० वर्षीय चालक खेमराज ढकालको मृत्यु भएको हो । 

लु४प ६१७१ नम्बरको ट्रयाक्टर सडकबाट अन्दाजी १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बिहिबार राति मात्रै दार्चुलाबाट महेन्द्रनगरतर्फ जादै गरेको पवनदुत यातायातको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । 

सो दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भिर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

Related News

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण
पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण
  • २०७७ कार्तिक २८

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको...

डोटीमा संक्रमण नियन्त्रण फितलो
डोटीमा संक्रमण नियन्त्रण फितलो
  • २०७७ कार्तिक २८

डोटी – भारतबाट घर फर्कने क्रममा केआईसिंह गाउँपालिका–६ का वीरभान तिरुवा (नाम परिवर्तन) को महाकाली अस्पताल कञ्चनपुरमा एन्टिजेन परीक्षण भयो ।...

दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन सिफारिस
दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन सिफारिस
  • २०७७ कार्तिक २८

काठमाडौं – राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिस गरेको छ...

TOP