२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

शिखर नगरपालिकाद्वारा विद्यालयहरुलाई सेनेटरी प्याड वितरण

डोटी- शिखर नगरपालिका डोटीले नगरपालिका विद्यालयलाइ सेनेटरी प्याड हस्तान्तरण गरेको छ । वुधवार एक कार्यक्रमका विच नगरपालिकामा विद्यालयलाइ हस्तान्तरण गरिएको शिखर नगरपालिका निमित्त कार्यकारी अधिकृत प्रमानन्द शर्माले जानकारी दिए ।

नगरपालिकाका निम्न माध्यामिक विद्यालय, माध्यामिक विद्यालय र केही मात्रामा आधारभुत विद्यालय गरी तीस विद्यालयका छात्राहरुलाइ वितरण गरिने छ । प्रथम चरणमा विद्यालयले माग गरेको आधारामा प्रति छात्रालाइ १० वटा पुग्ने गरि झण्डै तीस हजार सेनेटरी प्याड वितरण गरिन लागिएको शिखर नगरपालिका डोटीका शिक्षा शाखा प्रमुख शेर वहादुर कार्कीले वताए । सेनेटरी वितरणले रजस्वाला भएका समयमा विद्यालयमा अनुपस्थित हुने, मनमा संकोच लिने, शुरक्षा जस्ताको अन्त्य भइ शिक्षण शिकाइमा वृद्धि हुने शिक्षा शाखा प्रमुख कार्कीले वताए ।

शारदा माद्यामिक विद्यालयका प्राधानाध्यापक चन्द्र जोशीले उपल्ध सेनेटरी प्याडले विद्यालयमा छात्राहरुको निरन्तरता र पठन पाठनमा सकारात्मक भूमिका निर्वाह गर्ने वताए ।

सेनेटरी वितरण कार्यक्रममा शिखर नगरपालिका डोटीका नगर प्रमुख सिताराम जोशीले सेनेटरी प्याडले छात्राहरु विद्यालय आउन हिच्किचाउने, पढाइमा वाधा पुग्नवाट अन्त भइ शिक्षण शिकाइमा नै सकारात्मक प्रभाव प्रर्ने कुरा वताए ।

नगरपालिकाले पहिलो पटक नमुनागत रुपना यो कार्यक्रम शुरुवात गर्न लागिएको र अवका दिनमा यस्लाइ निरन्तरता दिइने वताए । गरपालिकाका विद्यालयहरु एक साता देखि संचालनमा रहेका छन ।

Related News

खानेपानी अभावले स्थानीय समस्यामा
खानेपानी अभावले स्थानीय समस्यामा
  • २०७७ आश्विन २८

दार्चुला – मालिकार्जुन गाउँपालिका–४, ऐरिछानाका ७० वर्षीय धुमा धामी ज्येष्ठ...

TOP