२०८२ माघ १, बिहीबार
January 15, 2026, Thursday

कोरोना निको पार्ने औषधि पत्ता लगाएको दाबी

वैज्ञानिकहरुले कोरोना भाइरसको पहिचान गर्ने र त्यसबाट बचाउने औषधि पत्ता लगाएको दावी गरेका छन् ।

कोरोनाको संक्रमणबाट विश्व आक्रान्त भइरहेका बेला हल्याण्डका वैज्ञानिकहरुले कोरोना भाइरस पहिचान गर्ने र त्यसबाट बचाउन सक्ने औषधि (एन्टीडोट) पत्ता लगाएको दाबी गरेका हुन् ।

चिकित्सकहरुको समूहले पत्ता लगाएको भनिएको औषधि मानव शरीरमा भने परीक्षण गर्न बाँकी नै रहेको बताइएको छ । मानव शरीरमा तत्कालै परीक्षण थालिए पनि परिणाम आउन भने महिनौं लाग्न सक्ने बताइएको छ ।

इरास्मस मेडिकल सेन्टर र युट्रेक्ट विश्वविद्यालयका अन्वेषकहरुको संयुक्त टिमले लगातार गरेको अनुसन्धानबाट सार्स–२ को प्रतिरोधात्मक औषधि पत्ता लगाइएको दाबी गरिएको छ ।

उनीहरुले कोरोना भाइरस (कोभिड–१९) लाई सार्स–२ को उपमा दिँदै त्यसलाई कोरोना परिवारको भाइरस भनेका छन् ।

अन्वेषणमा खटेका चिकित्सकहरुले यसअघि विश्वभर देखिएको सार्स महामारी (उनीहरुले त्यसलाई सार्स–१ भनेका छन्) निर्मूल पार्ने औषधि बनाउन पनि काम गरेको बताइएको छ ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७६ चैत्र ७

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP