२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

नुवाकोटकी सोमिका तामाङले पाँच सन्तान जन्माइन्

काठमाडौँ – नुवाकोटकी सोमिका तामाङले पाँच शिशु जन्माएर चार जीवित रहेका मध्ये तीन छोरीहरु आमा (सोमिका) को साथमा रहेको काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृहले जनाएको छ ।

२८ वर्षकी सोमिकाले सोमबार पाँच सन्तान जन्माएकी थिइन् । चार छोरी र एक छोरा उनले जन्माएकी हुन् । छोरा भने मृत जन्मिएका थिए ।

चार छोरी मध्ये एकको तौल ८ सय ग्राम मात्रै रहेकाले अहिले एनआइसियूमा राखिएको डाक्टरले बताएका छन् ।

अरु तीन सन्तान आमाकै साथमा अस्पतालको जनरल वार्डमा रहेका छन् । सोमिकाका श्रीमानले छोरीहरुसहित सुत्केरीको पनि स्याहार गरिरहेका छन् ।

अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत सोमबार बिहान एक मृतसहित ५ शिशु जन्मिएका थिए।

चार शिशुमध्ये पहिलोको तौल १ किलो ९ सय ग्राम, दोस्रो १ किलो ८ सय ग्राम, तेस्रो १ किलो ६ सय ग्राम र चौथौको ८ सय ग्राम रहेको अस्पतालले जनाएको छ।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ आश्विन २०

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP