
डोटी- शिखर नगरपालिका वडा नं. ११ मा तरुण दलको इकाई कमिटि कठन गरिएको छ । नेपाली कांग्रसको भातृ संगठन तरुण दल वडा इकाई समिति गठन गरिएको हो ।
सोमबार विजय कुमार बोहराको अध्यक्षतामा इकाइ कमिटि गठन गरिएको तरुण दलले जानकारी दिएको छ । कमिटिको उपाध्यक्षमा टेकबहादुर बलायर, सचिवमा पारस रोकाया, सहसचिवमा पार्वती विष्ट चयन भएका छन् । अन्य २७ जना कमिटिको सदस्य रहेका छन् ।
नेपाल तरुण दल र दलित संघले डोटी जिल्लाभर वडा, गाउँ तथा नगर कमिटि विस्तार गर्दै आएको छ ।
बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते...